काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण बुधबार थप ४८४ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४८४ जनामा संक्रमण पुष्टी भएको हो । अब यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभरका १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिदा ४८४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
आज काठमाडौं उपत्यकामा मात्रै १३८ जनामा कोरोना संक्रमण देखिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । डा.गौतमले काठमाडौंमा १०९ जना, ललितपुरमा २१ जना र भक्तपुरमा ९ जना संक्रमित थपिएको जानकारी दिए ।




















