काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड १९)बाट जनकपुरका एक होटल व्यवसायीको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
तिन साता देखि काठमाडौंमा उपचार गराइरहेका संक्रमितको गएराति ज्यान गएको पुष्टी भएको हो । मुटु लगायतका रोगका विरामी उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।
जनकपुरमा रहेको होटेल रामाका संचालक बिरामी भएर अवस्था गम्भिर भएपछि उपचारका लागि काठमाडौ ल्याइएको थियो ।
कोरोना संक्रमणबाट धनुषामा अहिलेसम्म ४ जनाको ज्यान गइसकेको छ ।


