गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट जिल्ला सदरमुकाम आज थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका ९ लक्ष्मीबजार निवासी ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण देखिएका पुरुष दोस्रो चरणको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब लिएका ब्यत्ति भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आज संक्रमण पुष्टी भएका पुरुषका श्रीमती र छोरा छोरीलाई यस भन्दा अघि नै कोरोना पुष्टी भई सकेको छ । उनी साता दिनको आइसोलेसन बसाई पछि पिसिआर रिर्पोट नेगेटिभ आएका कारण गोरखा अस्पतालले हिजो मात्रै डिस्जार्च गरेको थियो हो ।
आज संक्रमण पुष्टी भएको पुरुषको राष्ट्रिय जास्वास्थ्य प्रयोगशाला गरिएको पिसिआर परिक्षण पोजेटिभ आएको हो ।
्
साता दिन अगाडी मात्र लक्ष्मीबजारकी २४ बर्षिय महिलामा संक्रमणको पुष्टी भएपछि उनको सम्र्पकमा आएका व्यक्तिहरुको पहिलो चरणको स्वाब ५० जनाको स्वाब संकलन गरिएको थियो । जस मध्ये ४१ जनाको पिसिआर नेगेटिभ आएको र ९ जना बाँकी भएका मध्ये ३ जनाको पोजेटिभ आएको थियो ।


