काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट धनुषामा थप १ जनाको ज्यान गएको छ ।
जिल्लाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको संक्रमणबाट ज्यान गएको पुष्टी भएको हो । यो संगै नेपालमा संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ ।
कोरोना विशेष अस्पताल जनकपुरमा ३ साता देखि आइसीयूमा उपचाररत पुरुषको गएराति ज्यान गएको अस्पताल प्रशासनले पुष्टी गरेको छ । पछिल्लो समय धनुषामा समुदाय स्तरमा नै संक्रमण फैलिसकेको अनुमान गरिएको छ ।
यसअघि आइतबार ज्यान गएका १ पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो ।




















