गोरखा समाचारदाता
काठमाण्डौं – ‘इनफ इज इनफ’ अभियानका अभियन्ता र सरकार बिच सहमति संगै आज इशान अधिकारीले अनसन तोडेका छन् ।
२३ औं दिनमा अभियान्ता इशान र सरकार सहमती भए सँगै अधिकारीले अनसन तोडेका हुन् ।
अभियान्ता अधिकारीले सहमति भएपछि ह्याम्स अस्पतालमा अनसन तोडेका हुन् । उनलाई उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाएका हुन् ।
अनसन तोडदै अभियन्ता अधिकारीले सरकार कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि जिम्मेबार ढंगले अघि बढने विश्वास ब्यक्त गरे ।
स्वास्थ्यकर्मीलाई पीपीई लगायत स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने,अहिलेसम्म भएको खर्च सार्वजनिक गर्ने, कोरोना संक्रमणको दायरा बढाउने लगायतका विषयमा सरकार र अभियन्ताविच सहमति भएको हो ।
कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले केही समयदेखि आन्दोलन गर्दै आएका छन् ।
यसअघि आरडीटी परीक्षण रोक्ने र क्वारेन्टिन ब्यवस्थित गर्ने लगायतका विषयमा भएको सहमति कार्यान्वयन नभएपछि अधिकारी दोस्रोपटक साउन ३ गतेवाट अनसन बसेका थिए ।


