गोरखा समाचारदाता
गोरखा – लायन्स क्लब अफ गोरखाकालीकाले सदरमुकाममा रहेको बैदिक गुरुलाई पोषण सामाग्री हस्तान्तरण गरेको छ ।
क्लबले सदरमुकाममा रहेको गोरखक्षधाम बैदिक गुरुकुल प्रार्थमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पोषण सामाग्री हस्तान्रतण गरेको हो ।
नेपालमा क्लब स्थापना भएको ५० औं बर्ष गाठको अवशर पारेर क्लबले पोषण सामाग्री उपलब्ध गराएको क्लबकी अध्यक्ष रिता रेग्मीले बताईन । ‘हामीले यो बर्ष भरी बिद्यार्थीहरुको लागि आवश्यक पोषण सामाग्री दिने भन्ने उद्वेश्यका साथ गुरुकुललाई सामाग्री उपलब्ध गराएको’ अध्यक्ष रेग्मीले बताईन ।
गुरुकुलमा अध्ययरत बिद्यार्थीहरुको दुध, चामल, किसमिस, ध्यू, चना, केराउ, आलु, मरमसलाकासाथै अन्य सामाग्रीहरु अध्यक्ष रेग्मीले गुरुकुलका प्रधानाध्यापक ईश्वरीप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेकी थिईन ।
गुरुकुलमा अलिहे बाजुरा, मुगु, चितवन, कास्की, कालिकोट, सुर्खेत, गोरखा र दाङका गरि ३० जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।




















