गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीको गोंगबु क्षेत्रमा टाउको बिनाको शव फेला परेको छ । शवको टाउको भने ३०० मिटर पर फेला परेको छ ।
गोंगबु गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको हो ।
पहिचान हुन नसकेको उत्त शवका बारेमो स्थानियले प्रहरीलाई खबर गरे पछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ ।
शव बाहनमा राखेर पोष्टमार्टम गर्न पठाइएको छ । घटनाक बिषयमा विस्तृत विवरण भने आउन बाँकी नै छ ।




















