गोरखा समाचारदाता
गोरखा – लायक्स क्लब अफ गोरखाले सदरमुकाममा रहेको बालमन्दिरमा खाद्यान्न सहयोग गरेको छ ।
क्लबले आफ्नो गोल्डन जुब्लीको अबशरमा खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।
नेपालमा लायन्स स्थापना भएको ५० बर्ष पार गरेको अवशर पारेर क्लबले गोरखा सदरमुकाममा रहेको बालमन्दिर माबिमा अध्ययनरत असाहाय बिद्यार्थीहरुको लागि सहयोग पुग्ने उद्वेश्यका साथ खाद्यान्न सहयोग गरेको क्लबका गोरखा अध्यक्ष श्यामबावु श्रेष्ठले बताए ।
आइतबार बिहान १० हजार रुपैयाँ बरावरको चामल, दाल, तेल, आलु, नुन र स्वयाबिन क्लबका अध्यक्ष श्रेष्ठले स्कुलका प्रधानाध्यापक लुमनाथ लामिछानेलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरुका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
तस्बिर सौजन्य श्यामबावु श्रेष्ठ




















