गोरखा समाचारदाता
पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाछ पोखरामा १ जना पुरुषको ज्यान गएको छ ।
पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा गएराति ज्यान गएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ७४ पुगेको छ ।
साउन १७ गते उपचारका लागि अस्पतालमा भर्ना भएका उनको आइसीयूमा उपचार भैरहेको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना भाइरस उपचार केन्द्रमा भर्ना गरिएका उनकालाई मधुमेह भएको र उनको राती ११ः३५ मिनेटमा ज्यान गएको प्रतिष्टानले जनाएको छ ।


