×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

योग बालबच्चाको लागि सर्वोत्तम

  •  
  • शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    योग भन्नसाथ धेरैको बुझाई के पाइन्छ भने रोग लागिसकेपछि वा वयस्क, बृद्ध–बृद्धा भइसकेपछि मात्र सिक्नुपर्छ । तर, उमेर जति बढ्दै जान्छ, शरीरको लचिलोपन पनि कम हुँदै जान्छ । त्यसैले योग आसनहरु सहजै गर्न संभव हुँदैन । अर्कोतिर वयस्क भइसकेपछिको अवस्थामा कतिपय रोग लागिसकेको हुनसक्छ । यसरी रोग लागेको अवस्थामा पनि स्वतन्त्र ढंगले योग गर्न सकिदैन ।

    खासमा योग गर्नु भनेको कुनै रोग निर्मुल बनाउन होइन । बरु शरीरलाई रोग प्रतिरोधी बनाउनु हो । रोग लाग्नै नदिन हो । अतः यसका लागि सबैभन्दा राम्रो त बाल्यकालदेखि नै योग अभ्यास गर्नु हो । यसका केही कारण छन् ।

    एक, बाल्यकालमा योग गर्न सहज हुन्छ । जस्तोसुकै आसन गर्न संभव हुन्छ ।

    दुई, सानै उमेरमा योग गरेपछि जीवनभर तन्दुरुस्त र निरोगी रहन्छन् ।

    तीन, शरीर लचिलो र फुर्तिलो हुन्छ ।

    चार, मोवाइल वा टिभीको कुलतबाट मुक्त हुन्छन्. ।

    पाँच, राम्रो जीवनशैलीमा अभ्यस्त हुन्छन् ।

    खासमा योग गर्ने उमेर भनेकै बाल्यकालमा हो वा किशोरवयमा हो । अहिले धेरैजसो बुढाबुढी, वयस्कले योग अभ्यास गरिरहेका हुन्छन् । उनीहरु आफ्नो शरीरमा रोग लाग्न थालेपछि योग गर्न थाल्छन् । तर, रोग लाग्नभन्दा अगाडि नै योग अभ्यास गर्नुपर्छ । शरीरलाई रोग प्रतिरोधात्मक बनाउनुपर्छ ।

    बाल्यकालमा एवं किशोरवयमा शरीर लचिलो हुन्छ । कुनै जटिल रोग लागेको हुँदैन । दीर्घ रोगले समातेको हुँदैन । यो उमेरमा हामीसँग अथाह उर्जा हुन्छ । त्यसैले यतिबेला हामी जस्तोसुकै योगअभ्यास पनि गर्न सक्छौं । जटिल भनिने योगहरुमा पनि आफुलाई निपूर्ण बनाउन सक्छौ ।

    भोलि जब हामी वयस्क हुन्छौं । बुढाबुढी हुन्छौ । त्यसबेला कतिपय रोग र शारीरिक अवस्थाको कारण हामीले धेरै किसिमको योग अभ्यास गर्न सक्दैनौ । जबकी अहिलेदेखि गर्न थाल्ने हो भने जीवनभर त्यस किसिमको अभ्यास गर्न सकिन्छ ।

    योग भनेको शरीरको समूचित व्यायामको एक सर्वोत्तम विधी हो । शरीरलाई प्राकृतिक रुपमा बलियो, तन्दुरुस्त, निरोगी बनाउनका लागि योग उपयोगी हुन्छ । तर, यसले शारीरिक रुपमा मात्र हामीलाई निरोगी बनाउने होइन, मानसिक रुपमा पनि तगडा बनाउँछ । तन र मनको शुद्धिकरणका लागि योग उपयोगी हुन्छ ।

    कतिपय योग विधीहरु यस्ता हुन्छन्, जसले मस्तिष्कलाई स्वस्थ्य राख्छ । स्मरण क्षमता बढाउँछ । त्यसो त शरीर बलियो, निरोगी भएपछि यसैपनि मानसिक रुपमा हामी स्वस्थ्य हुन्छौं । जब शरीर रोगी छ, समस्याग्रस्त छ, तब हामी चाहेर पनि कतिपय कुरा ग्रहण गर्न सक्दैनौ । स्मरण गर्न सक्दैनौ ।

    त्यसैले फुर्सदको यो समयमा हामीले आफुलाई योगमा लगाउन सक्छौं । योग, ध्यान, प्राणायम जस्ता प्राकृतिक विधी छन्, जसले हामीलाई निरोगी, तन्दुरुस्तका साथसाथै सकारात्मक र खुसी पनि बनाउँछ ।

    शारीरिक स्वस्थ्यका लागि

    योगले बच्चाको शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यसले उनीहरुको शरीर लचिलो, फुर्तिलो र बलियो हुन्छ । बाल्यकालबाटै फिट एन्ड फाइन राख्नका लागि योग महत्वपूर्ण हुन्छ ।

    एकाग्रता बढाउँछ

    योगले शरीरको विकार हटाउँछ । रक्तप्रवाह सुचारु हुन्छ । जब शरीर स्वस्थ्य हुन्छ, मानसिक रुपले पनि बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यस्तै योग एवं ध्यानले मस्तिष्क र मनलाई एकाग्रता बढाउन सहयोग गर्छ । परिणामतः उनीहरु पढेको कुरा सजिलै स्मरण गर्न सक्छन् ।

    रोगसँग लड्ने क्षमता बढाउने

    नियमित योगले बच्चाको रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । किनभने योगले आन्तरिक अंगलाई प्राकृतिक रुपमै बलियो र तन्दुरुस्त बनाउँछ । परिणमतः वाह्य रोगले आक्रमण गर्न सक्दैन ।

    योग सिक्नका लागि

    योग सिक्नका लागि सबैभन्दा पहिलो त आफुले समय निर्धारण गर्नुपर्छ । खासगरी विहानको समयमा योग गर्नु सर्वोत्तम हुन्छ । त्यस्तै साँझमा पनि योग गर्न सकिन्छ । दिउँसो आफुलाई फुर्सद मिलाएर समेत योग गर्न सकिन्छ । अर्थात योग गर्नका लागि कुनै निश्चित समय यही हुनुपर्छ भन्ने छैन । बिहानको समय चाहि सर्वोत्तम मानिन्छ ।

    योग विभिन्न किसिमका हुन्छन् । योगका विधी, त्यसको फाइदा पनि फरक फरक हुन्छ । बालबालिका एवं किशोरकिशोरीले विशेष किसिमका योग अभ्यास गर्न सक्छन् । खासगरी उनीहरु गर्ने योगबाट बौद्धिक क्षमता बढाउने एवं मानसिक स्वस्वस्थ्य राम्रो बनाउने काइदा सिक्न सकिन्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार २६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंको गाङखेलबाट ३ जना नियन्त्रणमा
    उत्तरी गाेरखाबाट सुत्केरी महिलाकाे उद्वारगरी पाेखरा लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.