गाेरखा । पोखरामा केही बेर अगाडी स्कुल बस दुर्घटना भएको छ ।
पोखरा महानगरपालिका-२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको कास्की प्रहरीले जनाएकाे हाे ।
कालिका स्थित ओख्लेको भिरबाट बस पल्टिएको बताइएको प्रहरीले जनाएकाे छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।
बस पल्टिदा केही बिधार्थीहरु हताहत भएकाे अनुमान गरिएकाे छ । अहिले उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।


