गाेरखा । अत्यधिक वर्षाबाट बाढी, पहिरो लगायत जोखिम रहने भन्दै मौसम विज्ञान विभागले सूचित गरेपछि पोखराले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २ दिन स्थानीय बिदा दिने निर्णय गरेको हो ।
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको महानगरले जनाएकाे छ । अहिले मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकोले पूर्वसावधानी अपनाउनका लागि यो निर्णय लिइएको हाे ।
यसअघि शिक्षा मन्त्रालयले पनि आज र भोलि विद्यालय बिदा गर्न आग्रह गरेको थियो । मन्त्रालयको सोही आग्रहलाई समेत मध्यनजर गर्दै महानगरले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गराएको छ ।


