×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कस्तो बालबच्चामा हुन्छ कब्जियतको जोखिम ?

  •  
  • बिहिबार, असार २५, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    खानपान नमिल्दा वा फाइबरयुक्त खानेकुराको कमीले बच्चामा कब्जियतको समस्या देखापर्छ । अक्सर बच्चाहरु नियमित शौच गर्दैैनन् । वा त्यस्ता काममा अभिभावकले अभ्यस्त गराउँदैन । यसले पनि उनीहरुको पेट सफा हुँदैन, जो कब्जियत बन्न सक्छ ।

    पानी, रेशादार फलफुल तथा सागसब्जीको अपुगका कारण पनि बालबालिकालाई कब्जियत हुने गर्दछ । कब्जियत हुदाँ ठूलो आन्द्रामा जमेर बसेको फोहर ढिलो गरी बाहिर निस्कने गर्छ ।

    जब ठूलो आन्द्राले राम्ररी काम गर्न सक्दैन र आन्द्रामा टासिएर बसेको फोहरलाई मलद्धारबाट बाहिर फाल्न सक्दैन । यहि अवस्थामा कब्जियत हुने गर्छ । कब्जियत भएमा बालबालिकामा विभिन्न लक्षण देखा पर्ने गर्छ ।

    कब्जियतका लक्षण

    – हप्तामा तीन पटक भन्दा कम पटक दिशा हुने

    -कडा दिशा, सुख्खा दिशा तथा दिशा गर्नमा समस्या भएमा

    -पेटको दुखाई

    -मोटो तथा बाक्लो दिशा भएमा

    -रगत सहितको कडा दिशा भएमा

    -बच्चाको भित्री वस्त्रमा माटो जस्तो दिशा देखिएमा

    कब्जियत हुनुको कारण

    सामान्यतया आन्द्रामा भएको फोहर बाहिर निस्कन नसकेका वा कम गतिमा पास भएमा कब्जियत हुने गर्दछ । कब्जियत भएमा दिसा सा¥हो वा कडा हुने गर्दछ । कब्जियत हुने धेरै कारण हुन्छन् ।

    लामो समय दिसा रोकेमा

    बालबालिका खेल्न भनेपछि हुरुक्कै हुने गर्दछन् । यतिसम्म की उनीहरु दिसा पिसाब आएको पनि थाहा पाउदैनन् र आए पनि शौचालय जान रुचाउँदैनन् । बरु रोकेरै राख्छन् । जसका कारण उनीहरुमा कब्जियतको समस्या हुन्छ ।

    खानपान नमिलेर

    फाइबरयुक्त खानेकुराको कमी, पर्याप्त मात्रामा पानी सेवन नगर्नु, झोलिलो पदार्थ सवन नगर्नाले पनि बालबालिकामा कब्जियतको समस्या निम्तने गर्दछ ।

    दिनचर्यामा परिवर्तन

    बालबालिकाको दिनचर्यामा आउने परिवर्तनका कारण पनि उनीहरुमा कब्जियतको समस्या हुने गर्दछ । विशेषगरी, लामो छुुट्टीमा जाँदा, तनाव हुदाँ वा तापक्रममा आउने परिवर्तनका कारण पनि उनीहरुको दिनचर्या तथा खानपानमा बदलाव आउने गर्छ । र, बालबालिकामा कब्जियतको समस्या रहने गर्छ ।

    औषधिको सेवन

    औषधिको सेवनका कारण पनि बालबालिकामा कब्जियत हुने गर्दछ ।

    बंशानुगत रुपमा

    परिवारमा कब्जियतको समस्या भएमा पनि बालबालिकालाई कब्जियष्तको समस्या हुने गर्दछ । यसको प्रमुख कारण वंशाणुगत वा एउटै परिवेश पनि हुनसक्छ ।

    गाईको दूधको सेवन

    गाईको दूधको एलर्जी भएमा वा अत्याधिक मात्रामा दूधबाट बनेको परिकारको सेवन गरेमा पनि बालबालिकामा कब्जियतको समस्या निम्तने गर्दछ ।

    पेटको समस्या भएमा

    बलबालिकाको स्वास्थ्यमा समस्या देखिएमा, पेटको समस्या भएमा , खाना नपचेमा वा खानाका एलर्जी भएमा पनि कब्जियत हुने गर्दछ ।

    के छ त उपचार ?

    बालबालिकामा हुने कब्जियतको समस्या कम गर्न यी उपाय अपनाउन सकिन्छ ।

    फाइबरयुक्त खानेकुराको सेवन

    बालबालिकामा कब्जियतका समस्या भएमा फलफुल, तरकारी, गेडागुडी, सिङ्गो अन्न लगायतका हाई फाइबरयुक्त तथा रेशेदार खानेकुरा ख्वाउनु पर्छ । यदी बच्चाले फाइबरयुत्त खानेकुरा आफै खानसक्दैन भने लिटो बनाएर तथा केही ग्राम फाइबरयुक्त खानेकुरा उनीहरुको खानामा मिसाएर पनि ख्वाउन सकिन्छ ।

    प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन

    कयौ बालबालिकामा पानीको कमीका कारण पनि कब्जियतको समस्या निम्तने गर्छ । त्यसैले, कब्जियत नहोस् भन्न तथा आन्द्रामा जमेर बसेको फोहरलाई सजिलै बाहिर निकाल्नको लागि पनि प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन जरुरी छ ।

    दिसा पिसाब गराउने बानी

    नियमित रुपमा दिसा पिसाबका लागि अभ्यस्त गराउने । निश्चित समयमा प्रत्येक दिन शौचालय जाने बानी बस्नाले उनीहरुमा कब्जियतको समस्या रहदैन । पेट सफा हुन्छ ।

    बाथरुम जानको आवश्यकताबारे जानकारी दिने

    बालबालिकालाई प्राय : खेल्न पाएपछि अरु केही चाहिदैन । यतिसम्म की बाथरुम जान समेत उनीहरु आवश्यक ठान्दैन । त्यसैले, बालबालिकालाई बाथरुम जानुको आवश्यक्ताबारे जानकारी दिउ । बाथरुम जाने गर्नाले शरीरमा के के फाइदा पुग्छ, त्यसबारे बताउनुपर्छ ।

    औषधिको पुनरावलोकन

    बालबालिकाले प्रयोग गर्ने विभिन्न औषधीको सेवनका कारण पनि उनीहरुमा कब्जियतको समस्या निम्तने गर्दछ । यति औषधीको कारण बालबालिकामा कब्जियतको समस्या निम्तिएको छ भने चिकित्सकको परामर्श आवश्यक छ ।

    कस्ता बालबालिकामा कब्जियत जोखिम धेरै हुन्छ ?

    –जो विलासी जीवन बताउँछन् ।

    –पर्याप्त मात्रामा फाइबरयुक्त खानेकुराको सेवन गर्दैनन् ।

    –प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थको सेवन गर्दैनन्

    –जसलाई पेट तथा मलद्धार सम्बिन्ध समस्या छ

    –जसको परिवारका कुनै सदस्यलाई कब्जियतको समस्या छ

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंको गाङखेलबाट ३ जना नियन्त्रणमा
    उत्तरी गाेरखाबाट सुत्केरी महिलाकाे उद्वारगरी पाेखरा लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.