गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिदै प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार थप १ जनाको ज्यान गएको पुष्टी गरेको हो । यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
पत्रकार सम्मेलनमा प्रवत्ता डा.गौतमका अनुसार अछाम रामरोशन गाउँपालिका ४५ वर्षीय एक पुरुषको कोरोनाकै कारण ज्यान गएको छ । असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका उनको असार १४ गते ज्यान गएको थियो ।
उनी मधुमेहबाटसमेत पीडित थिए । उनको मृत्युपछि लिएको स्वाबको परिक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।




















