गोरखा समाचारदाता
पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट मंगलबार गण्डकी प्रदेशमा १७ जना संक्रमण भएको पुष्टी भएको छ ।
कास्की, तनहुँ, लमजुङ र स्याङ्जामा गरी १७ जनामा मंगलबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै गडण्की प्रदेशमा संक्रमितको संख्या ९६६ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीमा ८ जना, तनहुँमा ५ जना, लमजुङमा ३ जना र स्याङजामा १ जना गरी १७ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित मध्ये तनहुँको ब्यास नगरपालिकामा ३ पुरुष र २ महिला, स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ पुरुष, लमजुङको बेसिसहर नगरपालिका, मध्यनेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाकामा १÷१ जना महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै गरी कास्कीको मादी गाउँपालिकामा १ पुरुष, पोखरा महानगरपालिकाका ६ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २ सय १४ पुगेको छ ।
प्रदेशमा हालसम्म कोरोना संक्रमले २ पुरुषको ज्यान गईसकेको छ ।


