कोभिड १९ बाट बच्न लकडाउनको घोषणा भएपछि लामो समय घरभित्रै नजरबन्द भइन्, साम्राज्ञी आरएल शाह । लकडाउनको सुरुवाती केही दिन परिवारसँग समय विताउन पाउँदा उनी खुसी थिइन् ।
उनले लकडाउनमा वितेको आफ्नो दैनिकीको जानकारी इन्स्टाग्राममार्फत् दिइरहेकी हुन्थिन् । बढीजसो उनी इन्स्टा स्टोरीमा घरमा पाकेका परिकारका तस्विरहरु शेयर गर्ने गर्थिन् ।
तीन महिनासम्म पनि लकडाउन नखुल्दा भने साम्राज्ञी दिकदार भएकी थिइन् । लकडाउनअघि बाक्लै रुपमा देश तथा विदेशमा घुम्न निस्किरहने उनी फेरि त्यही दिनको प्रतिक्षामा थिइन् ।
गएको दुई हप्ता अगाडि सरकारले लकडाउनलाई लुजडाउनमा परिणत गरेपछि भने उनी खुल्ला आकाशको पन्छीझैँ भएकी छन् । लकडाउन खुकुलो भएसँगै उनको घुमफिर सुरु भएको छ ।
उनले प्रेमी देवांस राणासँग घुमघाममा निस्किएको भिडियो तथा तस्विरहरु इन्स्टामा साझेदार गरेकी छन् । जसमा उनलाई निकै खुसी देखिएको छ ।
उनले घुम्न निस्किएको ठाउँ उल्लेख नगरे पनि उनका प्रेमीले इन्स्टाको एक भिडियोमा ‘कैलाली जाने बाटो’ भन्दै कसैसँग कुराकानी गरिरहेका छन् । यसको मतलब साम्राज्ञी प्रेमीसँग घुमफिरका लागि सुदूरपश्चिमतर्फ निस्किएकी छन् ।




















