फिल्म इन्डष्ट्रिकी कन्ट्रोभर्सी क्विनको नामले चर्चित बलिउड आइटम गर्ल राखी सावन्त प्राय सधै चर्चामा हुन्छिन् । हट एण्ड ‘बोल्ड’ अवतारका कारण बढी चर्चामा हुन्छिन् राखि । गतबर्ष उनि विवाहका कारण बढी चर्चामा आइन ।
उनले एक एनआरआइसँग गुपचुपममै विवाह गरेको विषयले उनको चर्चा चुलिएको थियो । एनआरआइसँग विवाह गरेको खबरहरु आइरहे पनि कोसँग भन्ने खुलेको थिएन । अब भने राखीले कोसँग विवाह गरेकी हुन भन्ने कुराको खुलासा भएको छ ।
राखीले ३६ वर्षीय एनआरआइ रितेशसँग विवाह गरेकी हुन् । रितेश युरोपमा बसेर व्यापार गर्छन् । राखीले रितेशसँग हिन्दु र इशाई दुबै संस्कारबाट विवाह गरेकी हुन् ।
गत जुलाई २९ मा उनीहरुले ५ तारे होटलमा भव्य विवाह गरेका थिए । योसँगै उनीहरुले कोर्ट म्यारिज पनि गरिसकेका छन् ।राखीको विवाहमा उनका परिवार र आफन्त मात्र उपस्थित थिए । जहाँ तस्वीर खिच्न पनि बन्देज लगाइएको थियो । त्यस्तै केहि महिना अघि चीनमा कोरोना भा इरस बढीरहदा उनि चिन पुगेकी थिइन ।
आपत्को यो घडीलाई पनि उनले आफ्नो प्रचारको साधन बनाउन पछि परिनन् । राखी चीन पुगिन र त्यहाँबाट कोरोना भाइरसलाई नष्ट गर्ने दाबी समेत गरिन् । जुन बिषयले समाजिक संजालमा निकै चर्चा पायो । राखी आफ्ना विभिन्न क्रियाकलापका कारण सधैं चर्चाको केन्द्रमा रहिरहन्छिन् ।
राखी सोसल मिडियामा निकै सक्रिय छिन् र इन्स्टाग्राममा उनी आफ्नो भिडियो र फोटोमार्फत् प्रशंसक सामू आफ्नो मनको कुरा साझा गर्ने गर्छिन् । उनले समय समयमा निकै ‘बोल्ड’ तस्बिर शेयर गरिरहन्छिन । हेराै सामाजिक संजालमा चर्चित उनका केहि नयाँ पुराना तस्बिर







