पछिल्लो समय युट्युबमा भाइरल भएकी बालगायिका कमला घिमिरेको पहिलो तिज गित सार्वजनिक भएको छ । बालगायिका कमला घिमिरे र खेम सेन्चुरीको सुमधुर स्वरमा”लरिलरि लै रुन्छु बरिलै” बोलको लोकदोहोरी गीत आज सार्वजनिक भएको हो ।
धादिङकी ११ वर्षिय कमला घिमिरे पछिल्लो समय युट्युबमा निकै भाइरल भएकी छिन् । यस गीतमा नेत्र भण्डारीको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । गीतमा नन्द भाउजुको घटनालाई समेटिएको छ ।
नक्कली भाउजु र नानीको सबाल जबाफ गरेका छन् । म्युजिक भिडियोमा सरस्वती फुयालले छुची भाउजुको अभिनय गरेकी छन भने दाईले बहिनीलाई माया गरेको दर्साईएको छ ।
हेर्नुहोस भिडियो :




















