×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५२ मिनेट अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

सञ्चार माध्यमलाई जोगाउने दायित्व सरकारको पनि हो : महाप्रबन्धक हरि कार्की ‘लक्की’

  •  
  • शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चितवन – पछिल्लो समय सूचना तथा प्रविधिको विकास संँगै सञ्चार माध्यमले पनि ठूलै फड्को मारेको छ । छापापत्रकारिता, रेडियो , टेलिभिजन संँगै आज पत्रकारिता अनलाईन मल्टिमिडिया डिजिटल प्रविधिसम्म फराकिलो हुन पुगेको छ । पछिल्लो दशकमा नेपालमा सबैभन्दा विकास र फड्को मारेको क्षेत्र हो सूचना र प्रविधि क्षेत्र । यो संगको गहिरो र प्रत्यक्ष नाता सञ्चार माध्यममा छ । यसले प्रतिस्पर्धा संगै यसको क्षेत्र र विज्ञापनको दायरा पनि फराकिलो बनाईदिएको छ । जसका कारण अधिकांश सञ्चारकर्मीको लागि व्यवसायिक र पेशागत सुरक्षा दिन सफल भएको छ । तर केही महिना देखि विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण विश्व जगतलाई निकै ठूलो मानवीय क्षति पुरयाएको छ । त्यसमाथि झन त्रास सँगै आर्थिक क्षेत्रमा ठूलो पहिरो गएको छ । विश्व अर्थतन्त्र यसले तहसमहस पारिदिएको छ । यसले नेपालको अर्थतन्त्रलाई कहांँसम्म पुरयाउने हो अनुमान गर्न सकिदैन । आर्थिक क्षेत्र ध्वस्त र ठप्प भईरहेको बेला यसको गम्भिर असर सञ्चार क्षेत्रमा समेत परेको छ । समग्र आर्थिक क्षेत्र भित्र नै सञ्चार क्षेत्र आश्रित छ । यतिबेला अधिकांश स्थानीय तथा राष्ट्रिय छापामाध्यमहरु पनि बन्द जस्तै अवस्थामा छन । विज्ञापनको भरमा चल्ने मिडियाहरु झण्डै २ महिनादेखि विज्ञापनको संकटमा रहेका छन । विगत १० बर्षदेखि चितवनमा रहेर छापापत्रकारिता, विज्ञापन एजेन्सी र इभेन्ट मेनेज्मेन्टमा दख्खल राख्दै आउनु भएका संचारउद्यमी हरि कार्की ‘लक्की’ संग गोरखा समाचार अनलाइनका चितवन संम्बाददाता कल्याण ढकाल संग लकडाउनले सञ्चार क्षेत्रमा गरेको नोक्सानी र भविष्यमा पर्ने असरका बारेमा गरिएको अन्तरर्बाता ।

    कोरोना महामारी विश्वव्यापी रुपमा फैलिरहंँदा यसले सञ्चार क्षेत्रमा कस्तो असर परेको छ ?

    सदियौं बर्षपछि एक्कासी कोराना महामारीका कारण जारी लकडाउनको कारण विश्व अर्थतन्त्र नै ध्वस्त रहेको बेला नेपालको अर्थतन्त्र पनि अछुतो नरहने भन्ने कुरै छैन । बिशेषगरी सञ्चार माध्यम, मिडिया पनि एउटा उद्योगको रुपमा विकसित भईरहेको परिप्रेक्ष्यमा यसले संचार क्षेत्रमा गम्भिर असर परेको छ । एकातिर सञ्चार क्षेत्रलाई नियमित गर्नुपर्ने चुनौति छ भने अर्कोतिर विज्ञापन नहुँदा दोहोरो मारमा परेको छ । ठूला सञ्चार माध्यमलाई समेत अहिले नियमित कार्य चलाउन धौ धौ परिरहेको बेला साना सञ्चार माध्यमहरु अबको यही स्थिति रहने हो भने पलायन हुने अवस्था निश्चित छ ।

    आर्थिक क्षेत्र र सञ्चार माध्यमको अन्तरसम्बन्ध कस्तो हुन्छ रु तपाईले यसलाई कसरी लिईरहनु भएको छ ?

    विना लगानी आखिर कुनै व्यवसाय उद्योग चल्दैनन । त्यसैले सञ्चार माध्यम पनि एउटा सेवामुलक व्यवसाय हो । सरकारी मिडियाहरु त सरकारको बजेट र लगानीले चल्न सक्लान तर नीजि सञ्चार माध्यम चल्ने भने उद्योग , व्यवसायको विज्ञापनबाट नै चल्ने हो । सरकारले लोककल्याणकारी विज्ञापनको लागि बजेट छुटाए पनि त्यो प्रर्याप्त पनि छैन र सबैको पहुंँचमा पनि छैन । जसका कारण अहिले चलिरहेका उद्योग, व्यवसाय एवं विज्ञापनदाता पनि अन्यौलमा छन । लकडाउनको समय कति लम्बिने हो र यसको असर कहिलेसम्म पर्छ भन्ने अवस्था छैन । जबसम्म नेपालको आर्थिक क्षेत्र तंग्रिदैन तबसम्म सञ्चार क्षेत्र पनि थलिने निश्चित छ । त्यसैले आर्थिक क्षेत्र र सञ्चार माध्यमबीचको सम्बन्ध नङ र मासुको जस्तै हो ।

    लकडाउनका कारण अहिलेको सञ्चार माध्यमको कुन अवस्थामा छन रु यसलाई कसरी नियाल्नु भएको छ ?

    अहिलेका सबै सञ्चार माध्यहरु पर्ख र हेरको अवस्थामा छन । कहिले महामारी मत्थर होला र अवस्था सामान्य होला भन्ने पर्खाइमा छन । तर जति लकडाउन थपिदै गएको छ उति सञ्चार माध्यम थलिदै गएका छन । कतिपय सञ्चार माध्यमले घरभाडा बुझाउन सकेका छैनन, विज्ञापनमा दिनहुंँ कटौती भईरहेको छ । नयांँ विज्ञापन आउने कुनै आधार र आशा छैन । सञ्चारकर्मीको तलब रोकिएको छ । यो दयनीय अवस्था हो । यस्तो अवस्था सञ्चार माध्यमले शशस्त्र द्धन्द्ध र भुकम्पका बेलापनि बेहोरेका थिएनन। जसका कारण यसले गर्दा विज्ञापन एजेन्सी, सञ्चार माध्यम र संचारकर्मी सबैलाई उठ्न नसकिने गरी थला पारेको छ । सञ्चार माध्यम धराशायी बन्ने अवस्थामा पुगेको छ ।

    तपाईको बिचारमा लकडाउनलाई कसरी व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ रु र यसले कतिसम्म असर पार्न सक्छ ?

    नेपाल एउटा विकासोन्मुख देश र संगै गरिब मलुकको दर्जामा पर्छ । यसको आफ्नो आन्तरिक श्रोत खासै छैन । नेपालको अर्थतन्त्र रेमिट्यान्सको भरमा अडिएको छ । निर्यात बढ्न गई व्यापार घाटा बढ्दो छ । आशाको रुपमा रहेको पर्यटन क्षेत्रपनि धराशायी र ध्वस्त छ । केही निमार्णाधिन रुपमा रहेको जलविद्युतका श्रोतहरु पनि पुरा हुन सकेका छैन । विश्वमै बेरोजगारी दिनानुदिन बढिरहेका बेला झण्डै देश बाहिर रहेका ८० लाख नेपालीको रोजी रोटी पनि संकट पर्ने देखिन्छ । उनीहरुले अब केही समय रेमिट्यान्स पनि पठाउन सक्दैनन । त्यहाँ रहेका अधिकांश कामदार पनि करीब १५ लाख भन्दा बढी नेपाल फर्कनुपर्ने तरखरमा छन । यस्तो बेला सरकारलाई दोहोरो भार र मार पर्ने देखिन्छ । उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न तत्काल सम्भव छैन । लगानी गर्ने कुनै क्षेत्र संभव छैन विकल्पको रुपमा रहेको कृषि क्षेत्र हो तर यसमा पनि सरकारको कुनै अल्पकालिन मध्यकालिन र दीर्घकालिन योजना नभएको कारण यसको असर बर्षौंसम्म पर्ने देखेको छु ।

    अब सञ्चार माध्यमको भविष्य कस्तो देख्नु भएको छ ?

    सञ्चार माध्यम एउटा जनतालाई सुसुचित गर्ने भरपर्दो माध्यम त हो । तर सूचना प्रविधि र इन्टरनेट स्मार्ट डिभाइसका कारण सबै पाठक, दर्शकले अनलाईन माध्यम र अनलाईन टेलिभिजन र सोसयल मिडियालाई रुचाएको र स्वीकारेको अवस्था हो । तर पछिल्लो समय यसको अस्वस्थ प्रतिस्पर्धा र मिडिया पनि व्यवसायिक नबन्दा निष्पक्ष, तटस्थ, समाचार संप्रेषण गर्ने संचारमाध्यम चेपुवामा परेका छन । अर्को कुरा मानिसको जीवनशैलीमा पनि व्यापक परिवर्तन आएको छ । शहर केन्द्रीत पाठक , दर्शक अनलाईन मिडिया र अनलाइन टिभीमा आकर्षण हुनु र छापामाध्यम र रेडियो प्रतिको क्रेज घट्नुका कारण यसका पाठक दर्शकको संख्यामा कमी आएको छ । जसले गर्दा विज्ञापनको बजार साघुरिदै जानु र सञ्चार माध्यमको संख्या बढ्दै जानुले यसको सन्तुलन हुन सकेको छैन । छापामाध्यम र रेडियोको पहुंच गाउंका दुरदराजमा सजिलै पुग्न नसक्नु र पाठक, श्रोता र दर्शकले आफूले चाहेजस्तो कन्टेन्ट नदिदा विकल्पको रुपमा अनलाईन समाचार , भिडियो , सामाजिक संजाललाई लिएका हुन । त्यसैले अनलाईन मिडिया, च्यालनको भविष्य राम्रै देखिए पनि छापापत्रकारिता, रेडियो र टेलिभिजनको भविष्य संकटमा पर्दै गएको छ ।

    सञ्चार माध्यमलाई जोगाउन र यसको व्यवस्थापन गर्न के गर्नुपर्ला जस्तो लाग्छ ?

    सबैभन्दा पहिला त सञ्चार माध्यमलाई जोगाउन राज्यले अलग्गै नीति ल्याउनुपर्दछ । ताकि अहिलेको परिवेषलाई नियाल्ने हो भने पनि विज्ञापन नीति नत व्यवहारिक छ न त समावेशी छ । मुलधार र ठूला मिडियाको विज्ञापनमा एकछत्र राज छ । जसका कारण मोफसलका मिडियाहरु मारमा परेका छन । यसलाई जोगाउन तथा व्यवसथापन गर्न विज्ञापनलाई समानुपातिक ढंगले वितरण गर्नुपर्छ । अर्को कुरा विज्ञापनको बजार र सञ्चार क्षेत्रको आवश्यकता र मागलाई अध्ययन गर्नु जरुरी छ । अहिले संख्यात्मक रुपमा प्रतिष्पर्धा र छ तर सञ्चार माध्यमको गुणस्तर खस्किरहेको छ । बिशेषगरी अनलाईन माध्यमका भ्रामक समाचारले आम यसको दर्शक, पाठक ,श्रोता पीडित छन । यसलाई सही व्यवस्थापन गर्न राज्यले यसको स्तर निर्धारण गर्ने, सबै मिडियालाई दर्ताको दायरामा ल्याउने र असंख्य खुलिरहेका मिडियालाई नियन्त्रण, नियमन गर्ने संयन्त्र तयार पार्नुपर्ने देखिन्छ । असंख्य रुपमा खुल्दै जाने मिडियाले नत सञ्चार माध्यमलाई नत जनतालाई नत समाज अनि राष्ट्रलाई नै फाइदा पुग्छ । त्यसैले अवको बाटो भनेको व्यवसायिक पत्रकारिता तर्फ आम सरोकारवाला केन्द्रीत हुनु जरुरी छ ।

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनकाे भाउ तोलामा १२ सयले बढ्यो
    सुन र चाँदीकाे भाउ बढ्याे (कतीमा काराेबार हुदै छ त ?)
    १ मन अलैंचीको मूल्य १ लाख ७ हजार रुपैयाँ पुग्याे, हालसम्मकै उच्च मूल्य
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. शायद गाउँ सुनसान भएछ !

    • ४. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ५. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.