काठमाडौं । लोकप्रिय सर्जक नारायण रायमाझीको जागरण दिने देशभक्ती गीत सार्वजनिक भएको छ । गायक, गीतकार तथा संगीतकार रायमाझी र गायिका शान्ती श्री परियारको आवाजमा भारतीय हस्ताक्षेपको कारण विवादित सीमा, सुस्ता, लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषयलाई समेटिएको ‘आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मुलबाटो’ बोलको गीत सार्वजनिक भएको हो ।
रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक गीतमा शब्द रचना राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीको रहेको छ । लय संगीत गायक रायमाझीकै रहेको छ ।
संगीत संयोजन तथा एरेन्ज बि।बि। अनुरागीको रहेको गीतलाई छायांकन, सम्पादन र कलर मिराज अर्यालले गनुृभएको छ। अन्य सहयोगीहरुमा श्याम स्वत रसाईली, तेजेन्द्र गुरुड, हेमन्तकान्छा, रत्न बिक रहेका छन् ।
भिडियो हेर्नुस्


