तिलक पौडेल
सुन्नु बा’मा दि’बैनी दाजूभाइ,
आउनै नद्यूँ कोरोना भाइरस्लाई ।
जन्मेपछि मर्नै पर्ने, यो धर्तिको रीति,
कोर्ना जस्तो महामारी, आउँदैन सित्मिति ।
उब्जनी त चीन् देशको, शहर वुहान्मा,
सम्रालियो संसार् भरि, सञ्चो भो मुहान्मा ।।
भयो हेरौं सङ्कल्प गरेर,
केई दाजूभाइ गए’नि मरेर ।
हुनपनि सोची ल्याउँदा, जति डक्टर् पढे,
कैले सार्स ईबोला रे, उति रोग बढे ।
रोग्का अघि धनी–गरिब्, बाल–बृद्ध सबै,
समान् हुँदा र’चन् दृष्य, देखियो’नि हदै ।।
धनी गरीब् ठूलो र सा..नु,
मर्दा आखिर् र’च र के लानु ?
राष्ट्रपति प्रधानमन्त्री, सेलीब्रेटीलाई’नि,
छाडेनछ कोरोनाले, समानता पाइनी ।
संसार् भर्कै मुलुकमा, फैलिसक्न भ्यायो,
विश्वलाई समेटेर, एकै ठाउँमा ल्यायो ।।
जस्को पनि एउटै हो रगत,
विभेद् किन गर्नु र फगत ?
सुक्खा हुँदा नसरने, चाइने वाष्पियता,
थाइ नहुने कोविड् नाइन्टिन्, स¥यो कता–कता ?
रोग्का लक्षण् देखिन’नि, लाग्ने चौध दिन,
छोइएमात्रै सरीहाल्ने, सक्यो सम्रालिन ।।
बाँध बाँधे धैर्य र साहस्को,
सातो जाला कोरोना भाइरस्को ।
यै भएर दुईहप्ते, छान्वीन् क्वारेन्टाइन्,
बस्नै परो सबैजना, हेर्न उस्को पाइन् ।
सङ्क्रमित्को स्पर्शले, भेटिएका सबै,
ठाँवै छुँदा सरीहाल्छ, नबिर्सौं है कबै ।।
हेल्चक्य्राइँ अनाज्ञाकारिता,
गरे जानु पर्छ रे पारि’ता ।
त्यै हुनाले घरभित्रै, ट्याम्ट्याम् हात धोई,
सफा भई बस्नुपर्ला, केई हुँदैन रोई ।
सेनिटाइजर् साबुन्पानी, ह्याण्ड्वास् भएपनि,
मिची–मिची हात धोऔं, हतार् भएपनि ।।
गर्नैपर्ला ए आमा दाजूभाइ,
धपाउनुछ कोरोना भाइरस्लाई ।
भीड्भाडमा नजानु है, गए मास्क लगाई्,
जानै परे अस्पताल्’नि, एम्बुलेन्स मगाइर्् ।
जानुपर्ला हैन भने, घर्–घरैमा बसौं,
परिवारै एक्जुट भै, लड्न कम्मर कसौं ।।
विद्वान् हामी विचरो भाइरस,
रपनि त पीर् धेरै लाइर’छ ।
एसो हेर्दा जटिल् रुघा, बिग्रिएको खोकी,
जस्तो लाग्ने जड्बुद्धिको, परिभाषा हो कि !
नाक मुख आँखा कान, सबै अनुहार,
छ्यास्स–छ्यास्स चलाइर’ने, बानीलाई सपार ।।
आनी बानी सुधारौं सबैले,
नत्र सुख पाउन्नौं कसैले ।
फुको खोकी लाग्ने र’च, सासै फेर्न गारो,
यी लक्षण्ले संसारैलाई, थिलो–थिलो पारो ।
बसुधैव कुटुम्बकम्, भन्थे बुढापाका,
कोरोनाले मिलाइदियो, एकै स्वरे भाका ।।
घर्मै बसौं भीड्भाड्मा नजाऊँ,
आफू बचौं सबैलाई बचाऊँ ।
हात् नमिलाऊँ हाग् नगरौं, हाम्रा हैनन् संस्कार्,
भेट हुँदा दुई हात् जोडी, गरौं है नमस्कार् ।
संयोग् कस्तो मानव् शरीर्, भाइरसको घर,
अन्त बस्न सक्दैन रे, हाम्रै पर्छ भर ।।
त्यस्को संसार् भनेकै हामी हो,
एकै चिहान् बनाउने नामी भो ।
घर् भत्काउनु घर्वासीको, रहर् त हुँदैन,
कोर्ना सरे नेम्मा रहे, केइ गरी छुँदैन ।
सम्पर्कको दुरी सधैं, एक् मीटर् कम्तीमा,
खोक्दा छिउँ्दा मुख छोपौं, तोकी हालौं सीमा ।।
नत्र यस्लो मा’मारी मचाउला,
धेरै मार्ला थोत्थोरै बचाउला ।
ज्यू कम्जोर हुन्छ हेर, साठी काटेकाको,
त्यस्तै कम्जोर् वर्षभित्र, का केटीकेटाको ।
एसो सोच्दा मौकै हो यो, केइ नगरिकन,
छुट्टै बस्दा मात्रै सेवा, कोइ नमरिकन ।।
गर्न पाइ्ने नमरी केइ् कुरा,
पूरा गर्न बनौन है सुरा ।
हुने औसर् यै जीवन्मा, दियो भाइरसले,
संसार्भर्का सर्कारले, घर्–घरै बसाले ।
दुई हप्ता सम्म सबै, परिवार जन,
हासौं खेलौं बाइ्र नजाउँ्m, आज्ञाकारी बन ।।
अग्रजका इतिहास् सुन्नु है,
अनुजका भविष्य बुन्नु है ।
यस्तै सधैं सरकारी, माने त आदेश,
किन पछुताउ्नु पर्थो, गरीब् भयो देश ।
मान्छे मात्रै बुद्धिमानी, ठानी अत्याचार,
प्रकृतिमा गर्न पुग्दा, कोरोना साकार ।।
हुन पुग्यो गल्ती त हाम्रै हो,
अन्यायमा न्याय त राम्रै हो ।
हेर्दा हेर्दै विश्वयुद्ध, भन्दा’नि खतरा,
ताण्डवनृत्य नाचिदियो, एककोशे बचरा ।
यस्तो बेला नआत्तिई, धैर्यताको भर,
आत्मबल दह्रो बनाऊ, दृढ् सङ्कल्प गर ।।
सङ्कल्पको अगाडि भाइ्रस,
डराउला भाग्ला झैं लाइ्र’च ।
एसो गरे हाम्रो शरीर्, कोरोनाको घर,
सुबलियो हुन्छ मृत्यु, भाग्ला पर–पर ।
तातो पानी पिइराख्नु, कागती हालेर,
लक्षण् कुनै देखिएमा, नबस्नु पालेर ।।
गै हालौंला हेल्थ्पोष्ट अस्पताल्,
नत्र ज्यान जाला है अल्पकाल् ।
योग गर्नु ध्यान गर्नु, शाकाहारी खानु,
नलुकाउ्नु लक्षण् सबै, डाक्टरलाइर्् भन्नु ।
सर्कारको आदेशलाई, शीरोधार्य गर्नु,
नत्र जाहान् मर्दै जाँदा, पर्ला आफैं मर्नु ।।
यस्तो भूल नगर्नु कसैले,
ज्यान्को माया मानौं है सबैले ।
खाँदा सि–सि हुने चीज, नियमित खाऊँ,
साँचा कुरा मनन् गरौं, भ्रम् केइ् नफैलाऊँ ।
त्रुर्टि गल्ती नगरेर, संयमित भई,
एकै स्वर्मा धरावासी, कोरोना भगाऊँ है ।।
घर्मै बसौं खाऊँ सब्ले भीटा सि,
जीत् पक्का छ सबैले चिता’सि ।
२०७८ चैत ८ गते शनिबार
कीर्तिपुत–२, अमृतनगर, काठ्माडौं ।



