काठमाडौं – लोकप्रिय गायिका इन्दिरा जोशीले लक डाउन को समयलाई सदुपयोग गर्दै आफ्नो नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् गायिका जोशीले अहिलेको समय सान्दर्भिक अनिकाल शीर्षकको गीत गाएकी हुन् ।
उक्त गीतलाई संगीतकार महेश ज्ञवालीले संगीतबद्ध गरेका हुन् । गीतका शब्दहरू पनि संगीतकार ज्ञवालीले नै रचना गरेका हुन् । उक्त गीतको म्यूजिक भिडियोलाई आफ्नो फेसबुकमा शेयर गर्दै गायिक जोशीले लेखेकी छिन् – ‘नमस्कार सबैमा, आशा गरेको छु, मेरो यो नयाँ गीत मन पराइदिनु हुन्छ होला । यो दुखद् परिस्थितिमा कृपया धैर्य धाराण गरेर बसिदिनु होला ।
नयाँ गीतसंगीत सुन्नु होला । यस गीतमा कृतिम अवाजहरुको अत्यन्त कम प्रयोग गरिएको छ र सारङ्गी ढिकि, जँतो र कुचोको अवाजको प्रयोग गरिएको छ ।’ मंजिल केसीले उक्त गीतमा संगीत संयोजन गरेका छ्न् । गीतमा प्रिन्स नेपालीले सारङ्गी बजाएका छन् ।
यो गीतको भिडियोलाई गायिक जोशीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् ।


