काठमाडौं – संसारभरी कोरोनाको महामारीले सताईरहेको बेला संसारवासीमा विश्व बन्धुत्वको भावना जागोस भन्ने उद्देश्यले `मेरो विश्व मेरो घर´ (My world my home) शीर्षकको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । अंग्रेजी उप शिर्षकसहितको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सङ्गीत संयोजकको रुपमा चिनिंदै आएका संगीत संयोजक साहस शाक्यको सङ्गीत, सङ्गीत संयोजन , स्वर अनि ध्वनी मुद्रण समेत रहेको उक्त गीतमा गीतकार प्रकाश सुवेदीले समय सान्दर्भिक शब्द रचना गरेका छन् ।
विशेष गरि विश्व वन्धुत्वलाई जोड दिइएको उक्त गीतमा मान्छेमा बढ्दै गएको श्वार्थीपन, तेरो, मेरो, धार्मिक क्षेत्रीय र साम्प्रदायिक भावना, शक्तिशाली व्यक्ति र राष्ट्र हुनुको आडम्बर जस्ता मानवीय नकरात्मक पक्षहरुलाई एउटा अदृष्य जिवाणुले नराम्रोसँग ठेगान लगाइदिएको विषयलाई बिम्बात्मक शैलीमा उठान गरिएको छ ।
यो गीतलाई टि.एन.भट्ट विश्वामित्रले अङ्ग्रेजीमा भाषानुवाद, अधिनायक मान शेरचनले भिडिओको सम्पादन अनि दीपेन्द्र केसीले भिडिओको निर्देशन गरेका छन् । भिडिओलाई बोधी ध्यान (bodhi dhyaan) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
यस्तो छ भिडियो


