काठमाडौं । अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले बुधबार आफ्नो पहिलो म्यारिज एनिभर्सरी मनाएका छन् । लकडाउनकै अवस्थामा दिवाकर र दीपिकाले आफ्नै घरमा केक काटेर पहिलो बैबाहिक बर्षको खुसीयाली मनाएका हुन् ।
गत बैशाख २४ गते उनीहरुले बिबाह गरेका थिए । फिल्म ‘ऐश्वर्या’ मा एकसाथ काम गरेपछि दिवाकर र दीपिकाको प्रेम बसेको थियो । अनि उनीहरुले बिवाह गरेका हुन् । बिवाहपछि दीपिका फिल्म क्षेत्रबाट टाढा रहेकी छन् ।








