गोरखा समाचारदाता
गोरखा – जिल्लाको थालाजुङ्गमा भएको ३० औं जिल्ला स्तरीय रेडक्रस गोष्ठी सम्पन्न भएको छ ।
सिरानचोक गाउँपालिका २ को थालाजुङ्गको आहाल भञ्ज्याङ्ग माध्यामिक बिद्यालयमा भएको गोष्ठीले घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
गोष्ठीको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले पानसमा बत्ती बालेर उदघाट्न गरेका थिए । उनले गोष्ठीलाई सबैले अवशरका रुपमा प्रयोग गर्न अनुरोध गरेका थिए ।
२ दिन सम्म चलेको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना तथा सिरानचोक गाउँपालिका र आहाल भञ्ज्याङ्ग माविको आतिथ्यतामा भएको थियो । शिक्षक नायक, छात्रा र छात्रहरुको उस्थिती रहेको उत्त कार्यक्रममा ३६ विद्यालयले सहभागिता जनाएको थियो ।
कार्यक्रममा स्कुले छात्राहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखामा सभापति भगवानबावु मास्के, वडाध्यक्ष ज्ञानेन्द्र गुरुङ्ग, थालाजुङ्ग उपशाखाका सभापति ओमबहादुर गुरुङ्ग, विद्यालयका प्रधानाध्यापक केशरसिं बस्नेत, विद्यालय ब्यवस्थान समितिका अध्यक्ष धनबहादुर गुरुङ्ग र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य कैलासबावु श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रेष्ठलाई स्कुललाई ३ थान कम्प्यूटरका साथै रेडक्रस अभियानमा सहयोग पुरयाएको भन्दै सम्मान पत्र दिएर सम्मान गरीएको थियो ।
कार्यक्रममा सहभागी शिक्षक तथा छात्रा छात्रहरुलाई रेडक्रसका सभापति भगवानबावु मास्केले वितरण गरेका थिए ।




















