गोरखा समाचारदाता
गोरखा – साधना लघु बित्त नामक संस्थाले आफ्नो सदस्यको मृत्यु भएको भन्दै ऋण मिनाह गरीदिएको छ ।
गोरखा नगरपालिका ३ घलाङ निवासी हिरामाया अधिकारीको मृत्यु पछि उनले संस्थाबाट लिएको ऋण मिनाह गरीदिएको हो ।
साधन लघु बित्त बित्तीय संस्थाले दिएको जानकारी अनुसार अधिकारीले लिएको ऋण मध्ये संस्थालाई तिर्न बाँकी रहेको ६२ हजार ७८४ रुपैयाँ मिनाह गरीदिएको हो । संस्थाले अधिकारीले उत्त अवधीमा संस्थाबाट लिएको ऋणको १२ हजार ७५० रुपैयाँ ब्याज र काज क्रिया खर्च बापतको २१ हजार ९६६ गरी कुल ३४ हजार ७१६ रुपैयाँ संस्थाले मृक्तक अधिकारीको श्रीमानलाई एक कार्यक्रम गरी हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा वडाध्यक्ष खोपबहादुर अधिकारीले सदस्यको मृत्यु पछि ऋण मिनाह संगै आर्थिक सहयोग गरेकोमा संस्थालाई धन्यबाद दिए ।


