गोरखा समाचारदाता
गोरखा – सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा सुशिलबावु श्रेष्ठ (कैलास) निर्विरोध चयन भएको छ । श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समितिको समेत चयन भएको छ ।
सामुदायिक सेवा केन्द्र गोरखाको सदरमुकाममा भएको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा कार्य समितिको चयन गरेको हो । कार्य समितिमा चयन भएका सबै निर्विरोध चयन भएको केन्द्रले जानकारी दिएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा रामहरी केसी, सचिव शरदबावु कट्टेल, कोषाध्यक्ष काजीराम श्रेष्ठ र सह सचिवमा भोला मरहट्टा समेत निर्विरोध चयन भएका थिए । अधिवेशनले सदस्यहरुमा बावुराम श्रेष्ठ, देवु मास्के, मिनादेवी श्रेष्ठ, शान्तिदेवी श्रेष्ठ, सुमन श्रेष्ठ, विण्णुबहादुर थापा, अञ्जनबावु खत्री, दण्डपाणी कट्टेल, फणिन्द्र बानिया, रिक्त बानिया, शोभा प्रधान (दवाडी) र विक्रम बस्नेतलाई निर्विरोध चयन गरेको छ ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर पन्तले नगर क्षेत्र भित्र गरीने सबै काममा केन्द्र र नगरपालिकाले सहकार्य गरेर अगाडी बढनुपर्नेमा जोड दिए । प्रमुख अतिथी पन्तले केन्द्र मार्फत नै सडक सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्ने कामलाई यो बर्ष पनि निरञ्तरता दिने बताए । गोरखा नगरपालिकाको वडा नम्बर ६, ७ र ८ को शहरी क्षेत्रमा नगरपालिकाको आर्थिक सहयोगमा गत बर्ष ३९ वटा क्यामेरा जडान गरीएको थियो ।
अधिवेशनमा माघ २५ गते देखी २९ गते सम्म गोरखा कारागारमा रहेका बन्दीहरुका लागि पुस्तक संकलनमा सहयोग पुरयाएको भन्दै पुष्पाञ्जली पुस्तक पसल तथा पुजा स्टेशनरीका सञ्चालक निलप्रसाद खनाललाई सम्मान गरीएको थियो । त्यस्तै गरी सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोरखामा रहेर काम गर्ने नेपाल प्रहरीका विभिन्न ओहदाका ४ जना कर्मचारीहरुलाई समेत सम्मान गरीएको थियो ।
संकलित सवै पुस्तकहरु समेत सोही कार्यक्रममा प्रमुख अतिथी पन्तले गोरखा कारागारका प्रमुखलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उरिक्षक ओमप्रसाद अधिकारी, गोरखा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृण्णकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंङ थापा र सामुदायिक सेवा केन्द्र पालुङटारका अध्यक्ष सरोज देवकोटाले शुभ कामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सचिव रामहरी केसी र कोषाध्यक्ष शदरबावु कट्टेलले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।


