गोरखा समाचारदाता
गोरखा – जगै देखि भत्काएर घर बनाउने भूकम्प पिडितलाई तिन लाख दिने प्राधिरणकरणले निर्णय गरेको छ ।
प्रवलीकरणको सूचीमा रहेका घर जगै देखि भत्काएर बनाएर पूर्ण लाभग्राही कायम गर्ने प्राधिकरणले बताएको छ । ‘पूर्ण लाभग्राही हुन पाउँ भनेर प्राय सबै जसोले उजुरी दिनुभएको थियो’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) प्रमुख रामशरण आर्चायले भने ‘प्राधिकरणको पछिल्लो निर्णयले प्रवलीकरणमा देखिएको समस्या समाधानको दिशामा अघि बढेको छ ।’
जसअनुरुप यस अघि निर्माण सम्पन्न भएका १५० घरलाई पूर्ण क्षति अन्र्तगत ३ लाख अनुदान दिइएको छ । जिल्लामा ५ हजार ४५५ लाभग्राही प्रवलीकरणको सूचीमा छन् । ‘जसले घर पुरै भत्काएर बनाउन चाहनुहुन्छ, उहाँहरुले हाम्रा इन्जिनियर प्राविधिकहरुलाई खबर गर्नुपरयो’ जिल्ला आयोजना कार्यान्वय इकाई भवनका इन्जिनियर युवक श्रेष्ठले भने ‘अनि हामी घरको पुरानो फोटो खिच्छौं र प्राधिकरणमा पठाउँछौ । बनाइसकेको हकमा मापदण्ड पुरा गरेको भएको अनुदान रकम पाइहाल्नु हुन्छ ।’
पूर्ण लाभग्राही कायम भएपछि अन्यले सरह अनुदान रकम पाउने उनले स्पष्ट पारेका छन् । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले यहाँका ७१ हजार ६३३ घर भत्काएको थियो । ती मध्ये ६६ हजार १७८ घरले पूर्ण अनुदान (तिन लाख) र ५ हजार ४५५ भूकम्प पिडितको घरमा आशंसिक क्षति पुगेको भन्दै पुर्ननिर्माण प्राधिकरणले प्रवलीकरण अनुदान (एक लाख) दिने निर्णय गरेको थियो ।
धिकरणले केही दिन अघि दिएको तथ्याङ्क अनुसार ५६ हजार १५८ घर निर्माण सम्पन्न भएका छन् । दोहोरो सुबिधा लिएका र अन्यत्र घर भएका २२५ जनाले आफूले बुझेको पहिलो किस्ता बापतको ५० हजार र १ जनाले दोश्रो किस्ताको एक लाख ५० हजार फिर्ता गरेको प्राधिकरण को तथ्याङ्कमा उल्लेख छ ।


