गोरखा समाचारदाता
गोरखा – २२ औं भूकम्प सुरक्षा दिवश र योग दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको अध्यक्षतामा बसेको जिल्लाका सरोकारवालाहरुको बैठकले माघ १ गते पर्ने योग दिवश र २ गते पर्ने भूकम्प सुरक्षा दिवश छुट्टाछुट्टै कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । भूकम्प सुरक्षा दिवस लागि जिल्ला आयोजना कार्यान्वयन ईकाइ(भवन) की प्रमुख सुनिता श्रेष्ठलाई संयोजक बनाइएको छ ।
यसैगरी जिल्ला आयोजना कार्यायन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), भवन, शिक्षा र शहरी बिकास तथा भवन कार्यालयले गैरसरकारी संस्था महासंघसँग समन्व्य गरी प्लेकाड व्यानर र प्रस्ुतती तयार गर्ने जिम्मेवारी तोकिएको छ ।
यसैगरी माघ १ गते पर्ने योग दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरिएको छ । सोही अनुरुप ३ गते जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख विष्णुप्रसाद मिश्रको संयोकत्वमा योग शिविर सञ्चालन गर्ने निर्णण गरिएको छ ।
शिविर जिल्ला खेलकुद बिकास समितिको कवड हलमा र भूकम्प सुरक्षा दिवस समारोह जिल्ला समन्वय समितिको सभाहलमा गर्ने तयारी गरिएको छ ।


