गोरखा समाचारदाता
गोरखा – नेपाली भूमी भारतले अतिक्रमण गरेको भन्दै नेकपा (क्रान्तिकारी)को भातृ संस्था देशभक्त जनगणतान्त्रिक मोर्चाले जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष छविलाल घलेको नेतृत्वमा आएको मोर्चाको टोलीले प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापन पत्र बुझाएको हो ।
‘लिम्पियाधुरा, कालपानी र लिपुलेक सम्मको करिब ३८५ बर्ग किलो मिटर साथै सुस्ता महेशपुर लगायत करिब ७१ ठाउमा सिमानाको भूभाग भारतद्वारा मिचिएको’ भन्दै ‘आज सम्म सरकारको तर्फबाट कुनै पनि उल्लेख्य भुमिका खेल्ने काम भएको छैन यो दुखद स्थिती हो ।’ प्रजिअ लामिछानेलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री एवं नेपाल सरकार, सिंह दरर्बारमा पठाईएको ज्ञापन पत्रमा मोर्चाले ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र सहितको आफ्नो भू–भाग समेटिएको नक्सा अविलम्ब जारी गरियोस र भारत सरकारले उक्त नेपाली भू–भाग उसको सिमा भित्र पारेर बनाएको नक्सा खारेज गरियोस’ भन्दै विज्ञप्तीमा ‘ यो बिषय संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय न्यायिक अदालतमा लैजानुको साथै अन्य मित्र राष्ट्रहरु बिचमा पहल बढाएर अन्राष्ट्रियकरण गरियोस’ भनिएको छ ।
के छ ज्ञापन पत्रमा ?





















