- गोरखाको ६ स्थानिय तहमा आज सार्वजनिक बिदा
गोरखा समाचारदाता
गोरखा – पृथ्वी जयन्तीको दिनमा बिदा दिन गोरखाको स्थानिय निकाय होडबाजीमा नै भएको छ । दैनिक जसो एउटा न एउटा पालिकाले पृथ्वीनारायण शाहको सम्मानमा बिदा गरीएको सूचना सार्वजनि गरी रहेको छ । आज गोरखाको ६ वटा स्थानिय तहले सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।
राष्ट्रिय एकताका प्रतिक एवं नेपाल एकीकरणका अगुवा तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मेको दिनको सम्झनामा जिल्लाका ६ स्थानिय तहले सार्वजनिक विदाको घोषणा गरेको हो ।
पौष २७ गतेलाई पृथ्वीजयन्ती भब्य रुपमा मनाउनका लागि गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा घोषणा पहिले नै गरेको भएता पनि सनिबार मात्रै आज सार्वजानिक बिदा हुने गरी धार्चे र अजिरकोटा गाउँपालिकाले समेत निर्णय गरेको छ ।
सबै स्थानिय तहले कार्यपालिकाको बैठकबाट निर्णय गरेर उक्त दिन सार्वजनिक बिदाको घोषणा गरेको पालिकाहरुका प्रमुखले जानकारी दिएका छन् ।




















