×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सामाजिक सञ्जाल मार्फत परमिताले स्वीकारिन् बुढानिलकण्ठ दुर्घटनामा आफ्नो संलग्नता

  •  
  • बुधबार, पुष २३, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाडौं – गत मंसिर २८ गते बुढानिल्कण्ठ नगरपालिका–५ बसपार्क नजिकै भएको कार दुर्घटनामा परी गोरखा बारपाक सुलिकोट–८ जराङकी लिला देवकोटाको ज्यान गयो । मादक पदार्थ सेवन गरेर चार जना सवार बा १४ च ६१२३ नम्बरको गाडीले पेटीमा हिँडिरहेकी देवकोटालाई किचेको थियो ।

    दुर्घटनाका बारेमा सोधपुछ गर्दा पनि प्रहरीले उक्त गाडीमा सवार चार जना मध्ये तीन जनाको मात्र नाम खुलाएको थियो । जसमा चालक पृथ्वी मल्ल, यात्रुहरुमा करिश मास्के र एलिना थापाको नाम मात्र प्रहरीले बतायो । तर, चौथो व्यक्ति को थिए भन्ने प्रहरीले खुलाउनै मानेन ।

    घटनाको २५ दिनपछि चौथो व्यक्तिको नाम बाहिरिएको छ । उक्त गाडी नायिका एवं मोडल परमिता राणा समेत रहेको खुलेको हो । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै परमिताले उक्त गाडीमा आफू पनि रहेको स्वीकार गरेकी छिन् । घटनापछि सामाजिक सञ्जालमा पनि परमिता हुन सक्ने चर्चा चलेको थियो ।

    परमिताले आफूले बल्ल यो कुरा खुलासा गर्ने हिम्मत जुटाएको भन्दै उक्त घटनामा माफी मागेकी छिन् । ‘सर्वप्रथम म सबैसँग माफी माग्न चाहन्छु । चार जना मानिसले लिएको एक मूर्खतापूर्ण निर्णयले एक निर्दोषको ज्यान गयो,’ उनले लेखेकी छिन्, ‘यो सत्य नहोस् र यो सपना मात्र होस् भन्ने कामना गरे पनि उक्त कार भित्र म पनि एक यात्रु थिएँ । म अझै पनि उक्त घटनाले स्तब्ध छु । माफी माग्नमा ढिलाइ गरेकोमा मनदेखि माफी क्षमा चाहन्छु । मप्रति जनताले देखाएको आक्रोशलाई बुझ्छु ।’

    चार सन्तानले आफ्नो प्रिय आमा र एक पतिले आफूलाई साथ दिने पत्नी गुमाएको भन्दै हरेक विहान आफ्नो हृदय र आत्मामा पीडा र शोक लिएर ब्युझने कुरा भगवानलाई मलाई थाहा भएको उल्लेख गरेकी छिन् । ‘अब म कहिल्यै पहिलेको जस्तो व्यक्ति हुनसक्दिनँ,’ उनले लेखेकी छिन् ।

    ‘मापसे गरेर गाडी चलाउनु विकल्प नभएर र आफू र अरुलाई सुरक्षित राख्ने मैले चाँडै बुझ्नुपथ्र्यो । मेरो जीवनको हरेक पलमा मलाई मारिरहने छ कि एउटा निर्दोषको ज्यान गएको छ । मैले यो पीडा जीवन भर लिएर बाँचनुपर्छ ।’

    परमिताले आफूले पनि आफ्नो पितालाई कार दुर्घटनामा गुमाएको बताउँदै आफूलाई आमाले हुर्काएको र परिवारको सदस्य साथमा नहुनुको पीडा आफूलाई थाहा भएको पनि बताएकी छिन् । समाज आफ्नो हैसियत जे भए पनि आफू अन्त्यमा सामान्य मानिस भएको र आफूलाई पनि डर लाग्ने बताएकी छिन् । दुर्घटना भएपछि आफूलाई के गर्ने थाहा नभएको र केही समय कारभित्रै स्तब्ध भएर बसेको र पछि साथीहरुले कारबाट तानेर ‘यहाँ बाट जाऊ’ भनेर भनेको पनि बताएकी छिन् ।

    केही समय आफू बाटो पारी सडकको पेटीमा बसेको र स्थानीयहरुले सोध्दा आफू पनि कारमा रहेको भनेर खुलाएको बताएकी छिन् । सामाजिक सञ्जालमा आफूबारे आएको सन्देश देखेर आफू हरेक दिन र रात रुने गरेको राणाले बताएकी छिन् । घटनापछि परिवारको वकिलले नै आफ्नोबारे नकरात्मक कमेन्ट गर्नेलाई ब्लक गर्न सुझाव दिएको र उनले भने अनुसार आफूले अरुलाई ब्लक गरेको खुलाएकी छिन् ।

    कारको ठक्करबाट कम्मरमाथिको भागमा ठूलो चोट लागेकी लिलालाई नजिककैको न्यूरो अस्पतालमा ल्याइएको थियो । तर, उनलाई चिकित्सकहरुले त्यतिबेलै मृत घोषित गरिदिएका थिए ।

    पस्मिना उद्योगमा काम गर्ने लिलाको मृत्युको खबर सुनेलगत्तै उनका मजदुर साथीहरु र आफन्तहरु न्युरो अस्पतालमा जम्मा भएका थिए । प्रहरीले हतारहतार शवको मुचुल्का उठाउन र जाहेरी दिन दबाब दिएको थियो । तर पीडित पक्षले पहिले पीडकको परिवारसँग यो गम्भीर लापरवाहीबारे छलफल गर्न चाह्यो ।

    पीडित पक्षका मानिसहरु न्यूरो अस्पतालमा रहेकै बेला महाराजगञ्ज बृत्तको हिरासतका दुवैका लागि परिवारले लुगासहितका सामान छाडेर गएका थिए । त्यसपछि प्रहरी बृत्त पुगेका लिलाका आफन्तको दबाबपछि मात्रै प्रहरीले मल्ल र मास्केका परिवारलाई बोलाएको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.