गोरखा समाचारदाता
गोरखा – गोरखाको सौरपानीमो बृहत्त आखाँ शिविर सम्पन्न भएको छ । ३ दिन सम्म चलेको शल्यक्रियामा १६ जना आखा रोगीको अप्रेशन सम्पन्न भएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाको आयोजना तथा आई केयर फाउण्डेशनको आर्थिक सहयोग, लायन्स क्लब अफ गोरखा, गोरखा लायन्स आई सर्जिकल सेन्टरको समन्वय र हिमालय आखाँ अस्पतालको प्राविधिक सहयोगमा गएको सोमबार देखी भएको बृहत्त आखाँ शिविर सम्पन्न भएको हो ।
शिविरमा उक्त गाउँपालिका भित्रका ७६१ ले सेवा लिएको लायन्स क्लब अफ गोरखाका प्रथम उपाध्यक्ष श्यामबावु श्रेष्ठले जानकारी दिए । शिविरमा ४५२ जना महिला र ३०७ जना पुरुषले आखाँको सेवा लिएका थिए ।
सौरपानी स्वास्थ्य चौकी भएको शिविरमा आखाँ जाँच पछि चश्मा तथा आवश्यक औषधी समेत निशुल्क बितरण गरीएको थियो । सोमबार र मंगलबार आखाँ जचाउन आएका मध्ये ५० देखी ९० बर्ष समूहका ३२ जनाको मोतियाँ बिन्दुको अप्रशेन गनुपर्ने देखिएकोमा १६ जनाले मात्र शिविरमा अप्रशेन गराएको लायन्स क्लब अफ गोरखाले जानकारी दिएको छ ।
अप्रशेन गराउनेहरुमा ५० देखी ८० बर्ष समूहका १२ जना र ८० देखी ९० बर्ष समूहका ४ जनाले शिविरमा नै निशुल्क अप्रेशन गराएका थिए । मंगरबार साँझ सम्म अप्रेशन गरिएका विरामीहरुको बुधबार बिहान आखाँको पट्टी खोलेर चश्मा र आवश्यक औषधीहरु दिएर घर घर पठाईको छ ।
शिविरमा आखाँ जाँच गर्न आउनेहरु सबैलाई गाउँ गाउँ देखी ल्याउने र लाने प्रबन्ध गाउँपालिका आफैले ब्यवस्था मिलाएको थियो । शिविरको अनुगमन पछि पालिका अध्यक्ष विण्णु भट्टले आखाँ देख्नेहरुलाई भन्दा नदेख्नेहरुलाई जिवनमा पिडा हुने हुदा शिविरको आयोजना गरीएको भन्दै आगामी दिनमा पनि यस्ता शिविरहरु आयोजना गरिदै जाने बताए । उनले लायक्स क्लब संग अब पालिका भित्रका स्कुलहरुमा पनि आखाँ शिविर सञ्चालन गरिदिन अनुरोध समेत गरे ।
शिविरमा पुगेका लायन्स क्लब अफ गोरखाका प्रथम उपाध्यक्ष श्यामबावु श्रेष्ठले माग अनुसारको शिविर गर्न क्लब तयार भएको भन्दै यस्ता शिविरले भोलीका दिनमा आखाँको रोगीहरुको संख्यामा कमी आउने विश्वास ब्यक्त गरे ।


