गोरखा समाचारदाता
काठमाण्डौं – इरानको सैन्य कमाण्डर सुलेमानीको शवयात्रामा भागदौड हुदा ३५ जनाको ज्यान गएको छ भने कयौ मानिस घाईते भएका छन ।
अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको ज्यान गएको थियो भने ४८ जना भन्दा बढी घाईते भएको इरानी सञ्चारमाध्यमले जनाएको छ।
सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए।
आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्।


