गोरखा समाचारदाता
गोरखा – गोरखा सौरपानीमा ९० बर्ष उमेर कटेका बृद्वबृद्वाहरुलाई फाईबर सिरक बितरण गरीएको छ ।
बारपाक सुलिकोटा गाउँपालिकाको वडा नम्बर ४ को आयोजनामा वडा भित्र बसोबास गर्ने ९० बर्ष भन्दा माथिका बृद्वबृद्वाहरुलाई फाईबरको सिरक बितरण गरेको हो ।
सिरक बितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बिण्णु भट्टले समाजको लागि जेष्ठ नागरिकहरुले पनि योगदान गरेको भन्दै कदर स्वरुप जाडोबाट जोगिनका लागि सिरक बितरण गरेको बताए । गाउँपालिकाले जेष्ठ नागरिकहरुको लागि भन्दै केही महिना अगाडी देखी ८० बर्ष उमेर पुगेको सबैका घर घरमा गएर स्वास्थ्य जाँच सुरु गरेको पनि जानकारी दिदै अध्यक्ष भट्टले जेष्ठ नागरिकको सम्मानमा जहिले पनि गाउँपालिका काम गर्न तयार रहेको बताए ।
वडाले अहिले जेष्ठ नागरिक भत्ता बुझेको आधार मानी वडा भित्र ९० बर्ष पार गरेका २७ जनालाई फाईबर सिरक बितरण गरेको वडाध्यक्ष भीमबहादुर गुरुङ्गले बताए । उनीहरु सबैलाई वडा कार्यालयमा सिरक बितरण गरीएको थियो ।
बितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष सनमाया गुरुङ्गले बृद्वबृद्वा बाआमाहरु समाजको सम्पत्ती भएकोले संरक्षणका लागि पनि जाडोमा सिरक बितरण गरीएको बताईन ।
गाउँपालिकाले यो जाडोमा पालिका भित्र बसोबास गर्ने ९० बर्ष माथिका २३० जना भन्दा बढीलाई फाईबर सिरक बितरण गरिरहेको पालिका प्रशासनले जानकारी दिएको छ ।


