गोरखा समाचारदाता
काठमाण्डौं – पश्चिमी वायुको प्रभावले मङ्गलबार पश्चिममी क्षेत्रमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौषमको प्रभावका कारण पश्चिमको मौसम पूर्णरुपमा खुल्ने छैन । मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने छ । आज मध्य र पूर्वको एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।
पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले बुधबार काठमाण्डौ सहित मध्य र पूर्वमा पनि पानी पर्ने बिज्ञप्तीमा भनिएको छ ।
यो प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्ती
स्रोत : मौसम पूर्वानुमान महाशाखा





















