गोरखा समाचारदाता
गोरखा – ह्दयघात भन्नासाथ मानिसमा एक प्रकारको तरंगनै आउछ । के हो ह्दयघात र कसरी हुन्छ अनि बच्ने उपाय के भन्ने बिषयमा जानकारी लिने ईच्छा पनि सबैमा हुन्छ । त्यती हुदा हुदै पनि मानिसले गर्ने सामान्य गल्तीले ह्दयघात हुने गर्दछ । बिशेषत यो चिसो मौषममा झनै ह्दयघातको जोखिम उच्च हुने गर्दछ । आउनुहोस हामी पनि यो ह्दयघात कसरी हुन्छ र यो बाट बच्ने उपाय सिकौं ।
चिसोमा नै कि हुन्छ त ह्दयघात ?
गर्मी मौसमको तुलनमा चिसो मौसममा हृदयाघातको जोखिम उच्च हुन्छ। चिसोले गर्दा शरीरमा भएको रगतनली साँघुरो हुने भएकाले मुटु रोगी, मधुमेह, दमका रोगी तथा ६० बर्ष उमेर नाघेका मानिसले विषेश ध्यान दिन आवश्यक छ । चिसोले गर्दा शरीरमा भएको रगतनली साँघुरो वा खुम्चिदा मुटुमा रगत पुर्याउने धमनीमा समेत यसले असर पार्ने भएकाले जाडोयाममा हृदयाघातको खतरा बढि हुने गर्दछ ।
चिसोकै कारण शरिरमा आवश्य पर्ने भिटामिन डी तथा शरिरको तापक्रममा आउँने कमीका कारण यसले रगत बाक्लो बनाउने भएकाले हृदयघातको समस्या धेरै हुन्छ । जाडोयाम अझ विहानको समयमा हृदयाघातको जोखिम बढि हुने चिकित्सकको भनाइ छ ।
ह्दयघातबाट कसरी बच्ने ?
जाडो मौसममा हृदयाघातको जोखिम धेरै हुने हुनाले जाडो मौसमलाई चिकित्सकहरु हृदयाघातको मौसम भन्न रुचाउछन। जाडो मौसममा रक्तचाप, कोलेस्ट्रोलमा वृद्धि र रगत जम्न सक्ने सम्भावना धेरै भएकाले हृदयघातको सम्भावना उच्च हुने चिकित्सकहरुको भनाइ छ । मुटु रोगीले यो मौसममा नियमित औषधी सेवन तथा नियमत स्वास्थ्य परिक्षण गराउनुपर्ने पर्दछ।
चिसोको समयमा गुलियो र बढी चिल्लो खाँदा सुगर तथा कोलेस्ट्रोल बढ्ने र त्यसले हृदयाघात समेत हुन सक्ने भएका कारण यस्ता खानेकुरा सके सम्म नखाने खानै परे पनि थोरै मात्रामा खाने । घर भित्रै रहेर नियमीत ब्ययाम गर्ने । शरिरलाई तातो बनाई राख्ने र झोलिलो खाने कुराहरु खाई रहनु पर्दछ ।
यसरी हामीले हाम्रो जिवनमा गरिने सामान्य सुधारले ह्दयघातबाट बच्ने सक्ने चिकित्सकहरु बताउछन ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म विकासोेन्मुख देशहरुमा हृदयघातबाट मृत्यु हनेको संख्या ३५ प्रतिशत बढि हुने अनुमान गरेको छ । साथै विश्व स्वास्थ्य संगठनको नेपालको कुल जनसंख्या मध्य १० प्रतिशतमा मुटुको समस्या रहको समेत अनुमान गरेको छ ।


