गोरखा समाचारदाता
काठमाडौं – नेपाली कांग्रेसको असन्तुष्ट पक्षहरुको जिल्ला सभापतिको भेला आज शुरु हुँदैछ ।
सभापति शेरबहादुर देउवाको कदमविरुद्ध रणनीति तय गर्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा बोलाएको हो ।
सभापति देउवाले एकलौटी ढंगले पेलेर जान खोजेपछि भेलावाट आगामी रणनीति बनाउने पौडेल समूहको तयारी छ । सभापति शेरबहादुर देउवाले भने सभापतिहरुलाई गुट भेलामा सहभागी नहुन भन्दै अनौपचारिक रुपमा चेतावनी दिएको छ ।
पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिस्कार बीच केन्द्रीय समिति बैठकवाट अर्को बर्षको फागुनमा महाधिवेशनको मिति तोकेपछि कांग्रेसमा विवाद बढेको छ । सभापति देउवाले डाकेको केन्द्रीय समितिको बैठक मंसिर २६ देखि नै असन्तुष्ट पक्षका नेता तथा सदस्यले बहिष्कार गर्दै आएका छन् ।




















