दिल्ली – भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा बिद्यार्थी र नकावधारी बिच झडप भएको छ ।
छात्रबासको शुल्कको बिषयलाई लिएर भएको विवादले हिंसात्मक रुप लिएको छ । शुल्कको विरोधमा उत्रिएका विद्यार्थीमाथि ठूलो संख्याको नकाबधारी समूहले आक्रमण गर्दा ३० भन्दा बढी विद्यार्थी घाइते भएका छन् ।
कुटपिटमा घाइते छात्र संघकी अध्यक्ष आइशी घोष सहित ३० जनाको एम्स अस्पतालमा उपचार भैरहेको छ । नकावधारीहरुले सवारी साधनमा क्षति पुर्याउनुका साथै छात्रवास भवन समेत तोडफोड गरेको छ । आक्रमणकारीले शिक्षकहरुमाथि पनि कुटपिट गरेका छन् ।
कुटपिटको विरोधमा जवाहरलाल नेहरु, एम्स, दिल्ली प्रहरी मुख्यालयको बाहिर प्रदर्शन समेत भएको छ । मुम्बईमा पनि प्रदर्शन भएको छ । विश्वविद्यालयमा विद्यार्थीमाथि आक्रमण भएको भन्दै कांग्रेस नेता राहुल गान्धीले आपत्ति जनाएका छन् ।
भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आक्रमण भएको कांग्रेसको आरोप छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो आक्रमणको निन्दा गरेका छन् । घटनालाई लिएर गृह मन्त्री अमित शाहले जाँच गर्न निर्देशन दिएका छन् । तर आक्रमणमा सग्लनलाई पक्राउ भने गरिएको छैन ।


