गोरखा समाचारदाता
गोरखा – गोरखाको राउतेपानीमा रहेको एक स्कुलको दिगो बिकासका लागि स्थानियले अक्षय कोष स्थापना गरीदिएको छ ।
पालुङटार नगरपालिका ३ लिगलिगको राउतेपानीमा रहेको सगरमाथा प्रार्थमिक बिद्यालयको दिगो बिकासका लागि शिक्षा प्रेमी तथा स्थानिय समाजसेवीहरुले अक्षय कोष स्थापना गरी दिएको हो ।
पालुङटार घर भई हाल स्वदेश तथा विदेशको विभिन्न स्थानमा बसोबास गर्नेहरुले अक्षय कोष स्थापनाको लागि सहयोगि भूमिका निर्वाह गरेको डा.लक्ष्मी देवकोटाले बताए । मर्ज भएर स्कुल स्कुलनै नरहने परिस्थिती र्सिजना भए पछि यसै स्कुलमा अध्ययन गर्ने तथा यहीका स्थानियहरुले विद्यालयको दिगो विकासको लागि भन्दै अक्षय कोष स्थापना गरीदिएको डा.देवकोटाले बताए ।
स्कुलमा ब्यक्ति तथा संघ संस्थाहरुले गरी कुल १७ लाख ३७ हजार ३०१ रुपैयाँको अक्षय कोष स्थापना भई सकेको र अझै अक्षय कोष जम्मा हुने काम भई रहेको स्कुल प्रशासनले जानकारी दिएको छ ।
स्कुलमा अहिले लिगलिग घर भई बेलायत बस्दै आएकाहरुको संस्था लिगलिग समाज–युके मार्फत ३ लाख ४० हजारको अक्षय कोष स्थापना गरिदिएको छ । त्यस्तै गरी आमा शोभा देवकोटको सम्झनामा उनका छोराछोरी र बुहारीहरुले ३ लाख ५० हजारको अक्षय कोष स्थापना गरिदिएका छ ।
अक्षय कोष स्थापनाका लागि गणेशकुमार/बालकुमारी श्रेष्ठको सम्झनामा उनका छोराबुहारीले १ लाख १ हजार १११ रुपैयाँ, अमेरीका बस्दै आएका प्रमोद देवाकोटाको सहयोगमा फ्रेण्डस् अफ सगरमाथा यिन युएसए फाउण्ड मार्फत १ लाख २० हजार ६३५ रुपैयाँ र खड्मान/हेमाकुमारी श्रेष्ठको सम्झनामा उनका छोराबुहारीले १ लाख २५ हजार ५५५ रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङ्गले बताए ।
अक्षय कोष स्थापनाकै लागि चक्रबहादुर देवकोटा, रसिका देवकोटा, धनबहादुर थापा, कृण्णप्रसाद/पार्वती देवकोटा, सुकबहादुर/सुनमाया गुरुङ्ग र बालकुमारी/कृण्णकुमारी को सम्झनामा उनीहरुका आफन्तले समेत १/१ लाखको अक्षय कोष स्थापना गरिदिएका छन ।
अक्षय कोष स्थापना संगै विद्यालय संञ्चालनमा सहजता आएको स्वयमं सेवक शिक्षक डा.लक्ष्मी देवकोटाले बताए । अक्षय कोष स्थापना गर्न सहयोग गर्ने सबैलाई स्कुलले एक कार्यक्रम गरी सम्मान समेत गरी सकेको डा.देवकोटाले बताए ।



