गोरखा समाचारदाता
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । छ दिने चीन भ्रमणका क्रममा उनी आज विहान त्यसतर्फ प्रस्थान गरेका हुन । मन्त्री थापाले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको कार्यक्रममा सहभागिता जनाउने गृह मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा उच्च सरकारी अधिकारी र चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । मन्त्री थापाले सांघाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम छ ।
टोलीमा थापाका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजित राई, गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन् । गृहमन्त्री थापा २५ पुसमा नेपाल फर्कने कार्यक्रम छ ।




















