गोरखा समाचारदाता
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक माघ १५ का लागि सरेको छ । प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले पुस २३ गतेको लागि तोकिएको बैठक माघ १५ सम्मलाई सारेको हो ।
राष्ट्रिय सभा चुनावका लागि नेताहरु खट्नुपर्ने भएकाले बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । माघ ९ मा राष्ट्रिय सभा चुनाव हुँदैछ । त्यसका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
नेकपा सचिवालय बैठकमा पार्टीका तर्फबाट सभामुखको उमेदवार तय गर्ने बारेमा छलफल हुने भनिएपनि छलफल हुन सकेन् । नेकपाले सभामुख तय गर्न नसक्दा प्रतिनीधिसभा बैठक दुईवटा सुचना टाँसेर स्थागित गरिएको छ ।
पुस ४ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६ गतेसम्मलाई स्थगित गरियो । १६ गतेको बैठक पनि सुचना टाँसेर स्थगित गर्दै पुस २७ गतेलाई पुर्याइएको छ ।


