गोरखा समाचारदाता
काठमाण्डौं – माघ ९ गते हुने राष्ट्रिय सभा चुनावका लागि आज (आईतबार) उम्मेदवारी दर्ता हुदै छ ।
१८ जना सदस्यका लागि सम्बन्धित प्रदेशका उच्च अदालतमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभाका ५९ जना सांसदमध्ये एकतिहाइको अर्थात १९ जना सांसदको पदावधि आउँदो फागुन २० गते सकिँदैछ । जसमध्ये एक जनालाई राष्ट्रपतिले मनोनयन गर्ने छ भने बाँकी १८ जनाका लागि चुनाव हुन लागेको हो ।
चुनावमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका मेयर र उपमेयर र प्रदेश सभाका सदस्यले मतदान गर्न पाउँछन् । यो चुनावबाट महिला र अन्य समूहबाट ७/७ जना तथा दलित र अल्पसङ्ख्यक समुदायबाट २/२ जना निर्वाचित हुने छ ।
कुन दलबाट को उम्मेदवार
नेकपा
प्रदेश नम्बर १ बाट इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल
प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान
प्रदेश ३ बाट गङ्गा बेलबासे र वेदुराम भुसाल
गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने
प्रदेश ५ बाट विमला घिमिरे र जगप्रसाद शर्मा र गोपाल भट्टराई
कर्णाली प्रदेशबाट सुनिता बिसी र मायाप्रसाद शर्मा
सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वाँर
नेपाली काँग्रेस
प्रदेश १ मा निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरे
प्रदेश २ मा नागिना यादव र भोला पन्जियार
प्रदेश ३ मा हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा र सूर्यप्रसाद रेग्मी
प्रदेश ५ मा बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने र मेराज हलवाई
कर्णाली प्रदेशबाट डिल्लिराम पाठक र सवित्रा पौडेल
सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना र तुलसी देवकोटा
राजपा नेपाल
प्रदेश २ मा मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई
सङ्घीय समाजवादी पार्टी
प्रदेश २ मा रामप्रीत पासवान


