गोरखा समाचारदाता
गोरखा – पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भए संगै उत्तरी गोरखामा हिमपात भएको छ ।
हिमपातका कारण अत्याधिक चिसो भए पछि जनजिवन प्रभावित भएको छ ।
चिसो बढे संगै जिल्लाको धेरै जसो भागमा शुक्रबार बिहानै देखी सनिबार बिहान सम्म वर्षा भएको थियो ।
हिमपातले उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, काशिगाउँ, लाप्राक जस्ता घना वस्तीमा रहेको वृद्व वद्वा, बालबालिका स पशु चौपायालाई असर पुरयाएको छ ।
हिपात भए पछ पशु चौपायालाई चरन लान समस्या भएको छ भने वृद्व वद्वा र बालबालिकाहरुलाई चिसोले समस्यामा पारेको छ ।
हिमपात संगै तापक्रम घटने क्रम जारी रहेकोले स्वास्थ्यकर्मीहरुले चिसोबाट बच्न सर्व साधारणहरुलाई आग्रह समेत गरेका छन ।




























