गोरखा समाचारदाता
काठमाण्डौं – ताइवानको पहाडी ईलाकामा भएको हेलिकोप्टर दुर्घटनामा ताइवानका सेना प्रमुख शेन यी–मिङको निधन ज्यान गएको छ ।
राजधानी ताइपेई नजिकै भएको हेलिकोप्टर दुर्घटना मिङको ज्यान गएको ताईवानी अधिकारीहरुले पुष्टी गरेका छन। हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा अन्य ८ जनाको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् । मिङ पूर्वोत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घना परेका थिए ।


