गोरखा समाचारदाता
गोरखा – भारतको जम्मू कश्मीरमा मंगलबार भएको आक्रमणमा परी गोरखा बजारका एक युवाको ज्यान गएको छ।
जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आतंकवादी हमलामा गोरखा नगरपालिका ५ ठूलोरिपका अर्जुनथापा मगर ज्यान गएको भारतीय सेनाले जनाएको छ।
भारतीय सेनामा राइफलम्यान रहेका मगरको उपचारका क्रममा बुधबार ज्यान गएको थियो । सोही घटनामा परि भारतीय जवान सन्दीप रघुनाथको पनि ज्यान गएको छ । मगर र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले बिज्ञप्ती निकाली प्रशंसा समेत गरेको छ ।
बुधबार नै भारितय सेनाले अर्जुनको परिवारलाई घटनाको बारेमा जानकारी गराएको थियो । उनको शवलाई नेपाली सिमाना काकडभित्तासम्म ल्याउने पारिवारीक श्रोतले जानकारी दिएको छ । अर्जुनको ज्यान गए संगै परिवारमा रुवाबासी चलेको छ ।




















