गोरखा समाचारदाता
गोरखा – जिल्लाको विभिन्न स्थानमा हालै निर्माण सम्पन्न भएको ६ वटा प्रहरी चौकीको प्रहरी नायब महानिरिक्षक बिनोदशर्मा घिमिरे द्वारा उदघाट्न सम्पन्न गरेका छन ।
०७२ साल बैशाख १२ गते आएको बिनाशकारी भूकम्पले क्षति पुगेका जिल्लाका चौकीहरुको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक बिनोदशर्मा घिमिरेले उदघाट्न गरेका हुन ।
पछिल्लो समय महानिरिक्षक शर्माले भीमसेन थापा गाउँपालिका ८ को बोर्लाङमा निर्माण सम्पन्न भएको प्रहरी चौकीको समेत उदघाट्न गरी सकेका छन । उनले उत्त चौकीको उदघाट्न गर्दै प्रहरी लगाएको बर्दीमा आम नागरिकको आस्था, विश्वास र भरोसाका साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकोले प्रहरीको आचरण सही हुनुपर्नेमा जोड दिए । उनले प्रहरी भएर प्रहरीले गर्नै नहुने काम गर्ने जो कुनै पनि प्रहरी संगठन भित्र नअटने समेत बताए ।
कार्यक्रममा समुदाय प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा भीमसेन थापा गाउँपालिकाले खेलेको भूमिका महत्वपुर्ण रहेको भन्दै नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालद्वारा हस्ताक्षरित प्रशंसा पत्र समेत गाउँपालिका प्रमुख ईश्वर पाण्डेलाई घिमिरेले हस्तान्तरण गरेका थिए ।
यस अघि पालुङटारको रातमाटे प्रहरी चौकी, सिरानचोक गाउँपालिकाको हर्मी प्रहरी चौकी, अजिरकोट गाउँपालिकाको चनौटे स्थित रहेको अस्थायी प्रहरी पोष्ट र बालुवा प्रहरी चौकीका साथै बारपाक सुलिकोट गाउँपालिका बारपाकमा रहेको बारपाक प्रहरी चौकीको समेत महानिरिक्षक घिमिरेले उदघाट्न गरेका थिए ।
बिनाशकारी भूकम्प पछि जिल्लाको विभिन्न स्थानमा क्षति ग्रस्त नेपाल प्रहरीका भौतिक संरचनाहरु नेपाल सरकार र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण बिच सम्झौता भई निर्माण भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रकाश शर्माले जानकारी दिए ।
पुनःनिर्माण भएका सबै भवनहरु सुविधा सम्पन्न निर्माण भएका छन ।


