गोरखा समाचारदाता
गोरखा – कारागारमा रहेको कैदीहरुलाई अध्ययनमा सहजता ल्याउने उद्वेश्यका साथ किताब बितरण गरीएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत गोरखा कारागारमा रहेका बन्दीहरुलाई अध्ययन गर्न विभिन्न खालका किताबहरु प्रदान गरेको हो ।
सदरमुकाममा रहेको कारागारमा आयोजित एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले कारागारका कैदीहरुलाई किताब हस्तान्तरण गरेका हुन ।
प्रजिअ अधिकारीले किताबको अध्ययनबाट जिवनमा सहजता र परिर्वतन आउने भन्दै अध्ययन गर्न चाहेको किताबको माग गर्न सकेत कारागारमा रहेका कैदीहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा बन्दीकैदीहरुले आफुहरुलाई चिसोका कारण स्वास्थ्यमा समस्या आएको भन्दै स्वास्थ्यका कर्मचारीलाई तत्कालै खटाईदिन आग्रह गरेका थिए ।


