×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘पदीय प्रभावमा लिएको सहमति स्वतन्त्र हुन्न’

  •  
  • मङ्गलबार, पुष १५, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखापत्र/नारायण काफ्ले

    काठमाडौँ – बलात्कार मुद्दामा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गरेको छ । उच्च पदीय मर्यादामा रहेका व्यक्तिले तल्लो तहका कर्मचारीसँगको सहमतिको यौन सम्बन्धलाई पनि स्वतन्त्र मान्न नसकिने नजिर स्थापित गरेको हो । नेपाली सेनाका सहसेनानी भूपेन्द्र खड्का निवेदक रहेको रिट निवेदनको व्याख्या गर्दै सर्वोच्चले यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिका रूपमा हेरिनुपर्ने व्याख्या गरेको हो ।

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गत वैशाखमा गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भएको हो ।माथिल्लो तहको कर्मचारीले तल्लो स्तरका कर्मचारीसँग लिएको सहमति अनुचित नै हुने व्याख्यामा उल्लेख छ ।

    फैसलाको पूर्ण पाठमा भनिएको छ, “आफ्नो पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहको महिला सैनिकसँग यौन सम्बन्ध राख्नका निम्ति लिएको सहमतिलाई अनुचित प्रभावमा पारी लिएको सहमति भनी बुझ्नुपर्ने हुन्छ । अनुचित प्रभावमार्फत लिइएको सहमति प्रपञ्चकै स्वरूप मान्नुपर्छ । यस्तोमा स्वतन्त्र मनको प्रयोग गरी जानेर वा बुझेर दिइएको सहमति मान्न सकिन्न । यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रूपमा हेरिनुपर्छ । ’’

    अदालतले सहसेनानीजस्तो व्यक्तिले कुचीकारका रूपमा एकै सङ्गठनभित्र सेवारत कर्मचारीसँगको पटक–पटकको यौन सम्बन्धलाई अनैतिक पनि भनेको छ । सैनिकको दायित्वमा रहेका व्यक्तिले संस्थाभित्रको अधीनस्थ तहमा कार्यरत महिला सैनिकलाई अनुचित प्रभावमा पारी ड्युटीमा रहेको स्थानमा बोलाई बारबार यौन सम्बन्ध राख्ने, गर्भधारणपछि डराइधम्काई भारतमा गर्भपतन गर्न लैजाने कार्य सैनिक अनुशासनविरुद्ध भएको पनि फैसलामा उल्लेख छ ।

    निवेदक खड्काको रिटमा समरी जनरल सैनिक अदालत र सो आदेश सदर गरेको सैनिक विशेष अदालतको फैसला कानुनसम्मत भएको सर्वोच्चको निष्कर्ष छ ।

    सैनिक विशेष अदालतले निवेदक खड्काले ओहदामा रहेका व्यक्तिले अनुचित कार्य गरेको भन्दै २० दिन कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने आदेश गरेको थियो । सर्वोच्चले उक्त आदेश सदर गरेको हो ।

    चण्डीदल गणमा कार्यरत सहसेनानी खड्काले बुटवलमा कार्यरत रहँदा वीरेन्द्र अस्पताल, छाउनीमा तत्काल कार्यरत कुचीकारसँग पदीय मर्यादाविपरीत अनुचित यौन सम्बन्ध कायम राखेको अभियोग लगाइएको थियो ।

    खड्काले भने सहमतिमा यौन सम्बन्ध रहेको र गर्भवती भएको भन्दै बार्गेनिङ गरेकोले आफू सेवाबाट बर्खास्त हुनु नपर्ने दाबीसहित सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । महिला सैनिक पनि सोही प्रकरणमा सेवामुक्त भइसक्नुभएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, पुष १५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.