गोरखा समाचारदाता
ा
काठमाडौं – नेकपा (क्रान्तिकारी माओबादी) का उपाध्यक्ष सिपी गजुरेललाई नेपाल सरकारले रिहा गरेको छ । गजुरेल संगै १५ जना कार्यकताहरु समेत रिहा भएका छन । गजुरेललाई आईतबार सिंहदरर्बार अगाडीबाट पक्राउ गरीएको थियो ।
नेपाल र भातरको सिमा विबाद समाधानका लागि ज्ञापन पत्र बुझाउन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटन गएका गजुरेलसहित अन्य १५ जनाको समूहलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । पक्राउ परेका सबै जनालाई सोमबार बिहानमात्र रिहा भएको हो ।
रिहा भए लगत्तै सञ्चारकर्मी संग कुरा गर्दै यो सरकार फासीवादतर्फ उन्मुख भएको आरोप लगाए । गजुरेलले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएको र गृहमन्त्री रामबहादुर थापालाई कार्यक्रमको बारेमा जानकारी गराएर सिंहदरबारभित्र जान खोज्दा आफुहरुलाई सुनियोजित हिसाबले नियन्त्रणमा लिएको उनले बताए ।
प्रहरीले गजुरेलसहित, परी थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, हरिकृष्ण गजुरेल, बसन्त बोगटी, दीपक शाही, फुरनाम्गेल मोक्तान, खगेन्द्र छन्त्याल, पदम भण्डारी, मिन गिरी, अनिल योञ्जन, सुन्दर श्रेष्ठ, नरेन्द्र कार्की र ढोबप्रसाद अधिकारीलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका सबैलाई नेपाल पुलिस क्लबमा राखेर ‘सार्वजनिक हित र नैतिकताविरुद्ध’ कसूर गरेको पूर्जी दिए पछि जनसेवा, कमलपोखरी र कालिमाटीमा राखिएको थियो । राती नै पुनःसबैलाई सोह्रखुट्टे प्रहरी चौकीमा राखी सोमबार बिहान सिंहदरबार वृत्तमा ल्याएर ११ बजे तिर रिहा गरिएको थियो ।


